८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

धार्मिक महोत्सवमा १ करोड २६ लाख संकलन



शिवलाल सुवेदी, गुल्मी ।
जिल्लाको धुर्कोट गाउँपालिकामा सञ्चालित धुर्कोट धार्मिक महोत्सवमा एक करोडभन्दा बढी आर्थिक सकंलन भएको छ । ‘धुर्कोटको विकास हाम्रो शान, धुर्कोट कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ ४ चैतदेखि ११ गतेसम्म संचालन भएको धार्मिक महोत्सवमा १ करोड २६ लाख ७ सय एक रुपैयाँ संकलन भएको छ ।
गाउँपालिका ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा धुर्कोट गाउँपालिकाको प्रवद्र्धनमा धार्मिक महोत्वस सञ्चालन भएको थियो । धार्मिक महोत्वसमा स्थानीय संस्थागत रुपमा धुर्कोट गाउँपालिकाले ४० लाख, धुर्कोट रुपन्देहि सम्पर्क समाजले १० लाख १५ हजार, पन्थी समाज नेपालले एक लाख १६ हजार सहयोग गरेका छन् । व्यक्तिगत रुपमा सुनिल श्रेष्ठ, नारायण पोखरेल, रामलाल श्रेष्ठ , मेघनाथ अर्याल, कृष्ण जिसी, अनन्त कुवंरले धार्मिक महोत्सवमा १ लाख रुपैयाभन्दा बढी सहयोग गरेको आर्थिक सकंलन समिती सयोजक लोक बहादुर केसीले जानकारी दिए । धार्मिक महोत्सवमा संकलन भएको रकमले धुर्कोट कोटमा संग्रालय निर्माण गर्ने गाँपालिकाले जनाएको छ । ऐतिहासिक धुर्कोट कोटमा मन्दिर निर्माण गर्नुका साथै गाउँपालिकाका महत्वपूर्ण पुरात्वात्विक बस्तु संकलन गर्न संग्राहलय बनाउने गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । ‘धुर्कोट कोट सवैको सम्पतीको हो, यो संग हामी सवैको पहिचान जोडिएको छ,’उनले भने,‘सहयोग गर्ने सवैको सपना मर्न दिने छैनौ ।’ एक हप्ता सम्म संचालन भएको धार्मिक महोत्सवमा युवा वाचन सम्राट भिमकान्त पन्थीले प्रवचन गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  १२ : ५९ बजे