१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सबै सामुदायिक विद्यालयमा अंग्रेजी !



भुवन पाण्डे, भैरहवा ।
रुपन्देही जिल्लाको ओमसतिया गाँउपालिकाले नयाँ शैक्षिक सत्र देखि सबै सामुदायिक बिद्यालयहरुमा अंगेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी थालेको छ ।
बिद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएपछि गाँउपालिकाले शिक्षा ऐन र नियमावली पारित गरि शिक्षामा सुधार गर्न लागेको हो । व्यवस्थापनमा सुधार गरि अंग्रेजी माध्यमको पढाइबाट निजी र सामुदायिक बिद्यालयको दुरी कम हुने ओमसतिया गाँउपालिका प्रमुख हिरा केवटको ठम्माइ छ ।
अंगेजी माध्यमबाट अध्यापन गराउनु पर्ने भएपछि बिद्यालयहरुले पनि आवश्यक तयारी थालेको जनजागृती माबीका प्रधानाध्यापक क्षेत्र बहादुर कार्कीले बताउनुभयो । गाँउपालिकामा रहेका १६ सामुदायिक विद्यालय र बचार मदर्साहरुमा बालविकास देखि एक कक्षा सम्म अंग्रेजी माध्यमको पढाई शुरु हुन लागेको हो ।
२० वटा विद्यालयलाई आवश्यक पर्ने थप शिक्षकहरुको गाँउपालिकाले आन्तिरिक स्रोतबाट व्यवस्थापन गर्ने जनाएको छ । गाँउपालिकामा रहेका माध्यमिक विद्यालयहरुमा प्राविधिक कक्षाहरु थप गरिएको छ ।
संस्थागत र सामुदायिक बिद्यालयहरुमा एकै प्रकारको पाठ्यपुस्तक, शिक्षक र पोशाक लागु हुने गाँउपालिकाले जनाएको छ । आर्थिक वर्ष ७५।७६ को पहिलो महिना भित्र स्वैच्छिक अवकाश लिन चाहाने शिक्षकहरुलाई विशेष प्याकेजका कार्यक्रम गाँउपालिकाले राखेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  १२ : ५७ बजे