४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

खुम बहादुर खड्कालाई कार्यकर्ताको यस्तो माया !



मायादेवी अनलाइन, दाङ ।
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना सहित दाङका विभिन्न स्थानमा ग्रहशान्ति चण्डीपाठ गरिएको छ । विभिन्न स्वास्थ्य समस्याका कारण भारतको ओपोलो अस्पताल दिल्लीमा उपचाररत खड्काको शीघ्र स्वास्थ्यलाभको कामना सहित खड्काको गृहजिल्ला दाङका विभिन्न स्थानहरुमा शुभचिन्तकहरुले पूजापाठ गर्ने गरेका छन् ।
आज घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको अम्वीकेश्वरी मन्दिरमा नेविसंघ दाङ साविक क्षेत्र नम्बर ३ ले ग्रहशान्ति चण्डीपाठ गरेको छ ।
विहान ५ जना ब्राह्मणहरुद्धारा ग्रहशान्ति चण्डीपाठ गरिएका हो । त्यस अवसरमा कांग्रेसका नेता कार्यकर्ता एवं खड्काका शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
जिल्लाको विकासदेखी राष्ट्रको विकाससम्ममा महत्वपूर्ण भूमीका निर्वाह गरेका नेता खड्काको उपचारमा सरकार र नेपाली कांग्रेस केन्द्रिय समिति मौन भएको भन्दै गम्भीर भएर लाग्न पूजापाठमा सहभागी नेताहरुले आग्रह गरेका थिए ।
यस अघी खड्काका शुभचिन्तकहरुले प्यूठानको स्वर्गद्धारी, सल्यानको खैरावाङ लगायत विभिन्न धार्मीक पिठहरुमा पूजापाठ गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  १२ : ५४ बजे