१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शिवराज खुल्ला दिसा मुक्त घोषणा हुँदै



माधव बेल्वासे, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकालाई वैसाख भित्रमा खुल्ला दिसामुक्त घोषणा गर्ने नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वताउनुभएको छ । नगरको वडा नं ५ लाई सोमबार एक कार्यक्रमका खुल्ला दिसामुक्त वडा घोषणा कार्यक्रममा सम्वोधन गर्दै थारुले यस्तो वताउनु भएको हो । नगरले लिएको वैसाख भित्रमा नगरलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य अनुसार वडालाई घोषणा गरएको उहाले वताउनुभयो ।
५ नम्वर वडाको पहिचान खुल्ला दिशा मुक्त अभियान भन्ने नारा सहित संचालन भएको अभियानमा शत प्रतिशत घरधुरीले शौचालय निमार्ण गरेपछी घोषणा गरिएको नगरपालिकाका वास अफिसर राजेश चौधरीले वताउनुभयो ।
कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका उपप्रमुख थारुले नगर भित्रका ११ वडा मध्ये ७ वटा वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र वाकि ४ वटाको तयारी भइरहेको वताउनुभयो । जनसमुदाय आफै सजक भएकोले अव शौचालय बनाउन भनेर अनुरोध गर्न नपर्ने र आफैले शौचालय निमार्णमा सवै लागी परेको वताउनु भयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी थारुले शौचालय सवैलाई आवश्यक रहेकोले सवैले यसको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
खुल्ला दिसामुक्त घोषणा गर्दै शिवराज नगरपालिका वडा ५ का अध्यक्ष अर्जुन कुमार पाण्डे सापकोटाले वडामा रहेका १८ सय ६४ घरधुरीमा पहिला ११ सय ८० घरधुरी मा र अहिले ६सय ८४ घरधुरीमा शौचालय बनेको वताउनुभयो ।
वडालाई खुल्ला दिसामुक्त घोषणा गर्न सहयोग गर्नेहरुलाई सम्मान गर्दै धन्यवाद दिनुभयो ।वडा अध्यक्ष पाण्डेले अवका दिनमा शौचालयको प्रयोग गरे नगरेको अनुगमन गरिने वताउनुभयो ।
वडालाई आगामी दिनमा पुर्णसरसफाई,सुरक्षीत खानेपानि,वालमैत्री स्थानिय शासन युक्त वडा, पुर्ण साक्षर,पुर्ण खोप युक्त वडा लगाएतका कामलाई पुरा गर्ने जनाउनुभयो । शिवराज नगरपालिकाका सरसफाई दुत महादेव पोख्रेल, नेकपा एमालेका क्षेत्र व खत्री, नेपाली काग्रेसका हरी पोख्रेल ,माओवादी केन्द्रका अर्जुन सापकोटा लगाएतले शौचालय निमार्ण गरेर मात्र नहुने प्रयोग गर्नुपर्ने वताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  १२ : ५० बजे