भक्तपुर, चैत १२ ।
महानगरीय प्रहरी परिषर भक्तपुरको विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६, बस्ने २२ वर्षको गणेश लामा, २१ वर्षका लच्छु कार्की, २३ वर्षका अनिल मगर, २४ वर्षका सुमन तामाङ र २१ वर्षका रुपक तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले गएको चैत १० गते काभ्रे मण्डन देउपुर नगरपालिका–२, स्थित सानुकान्छा तामाङको पसलबाट तीन लाख रुपैयाँ चोरी गरेर फरार रहेको अभियोगमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुलाई भक्तपुर नगरपालिका–१०, कमलबिनायकबाट बा ७ च ४२ नम्बरको कारसहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले एक लाख ६ हजार २ सय १० रुपैयाँ, विदेशी मुद्रा, सुनको सिक्री, सुनको औठीलगायतका सामाग्रीहरु बरामद गरी थप अनुसन्धानका लागि सोमबार इलाका प्रहरी कार्यालय बनेपा काभ्रेलाई बुझाएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाई जानकारी दिनुभयो ।
१२ चैत्र २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया