२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

धुलाम्मे सडकले सर्वसाधारण हैरान



मायादेवी अनलाइन, जितपुर ।
जीतपुरबाट सदरमुकाम तौलिहवा जोड्ने निर्माणधिन जीतपुर—तौलिहवा सडकखण्डमा सर्वसाधारणले दैनिक सास्ति खेपिरहेका छन । जिल्ला सदरमुकाम जोड्ने महत्वपूर्ण सडकखण्डको रुपमा रहेको निर्माणधिन सडकखण्डको जिम्मेवारी पाएका ठेकेदार जिम्मेवार बन्न नसक्दा सर्वसाधारणले दिनहुँ सास्ति खेप्न परेको हो । काम छिटो सक्ने बाहनामा ठेकेदारले सडक भत्काए पनि काम पूरा गर्न तर्फ ढिलासुस्ति बढेको छ । जसले गर्दा सडकमा निस्किएको धुँलोले सर्वसाधारण आजित बनेका छन । सडक बरपर बसोबास गर्ने सर्वसाधारण र सदरमुकाम तौलिहवा आवतजावत गर्ने यात्रुहरु धुलाम्मे सडकको कारण आजित बनेका हुन । सडक निमार्ण कम्पनीले निर्माणधिन सडकमा पानी छर्कनुपर्ने भएपनि छर्कन अटेरी गर्दै आएको छ । सडक वरपरको मानववस्तिलाई ख्याल राखि अनिवार्य पानी छर्कनु पर्ने ठेक्का सम्झौता भएपनि ठेकेदारले त्यसलाई व्यवस्था गर्दै आएका छन ।
मोटरसाइकलमा जीतपुर देखि तौलिहवा जाँदै गरेका प्रकाश पौडेलले भने– “धुलोले आँखा नदेख्ने अवस्था आउँदा मोटरसाइकल चलाउँन निकै कठिन हुने गरेको छ ।” सडक बन्नु राम्रो हो, तर सर्बसाधारणको स्वास्थ्यमा खेलवाड गर्नु भएन उनले भने । यस्तै धुँलोको चरम पिडामा सडक वरपर बसोबास गर्ने स्थानीयबासी परेका छन । ठाकुरापुर गाउँकी इन्दीरा पन्तले दिनहुँको धुलोले गर्दा आफ्नो स्वास्थ्यमा गम्भिर असर पु¥याएको बताइन । साथै उनले धुँलोको कारण घरमा खानखान, बस्न निकै कठिन भएको गुनासो गरिन । सदरमुकाम जोड्ने सडक भएकोले दैनिक सयौँ सवारीसाधन चल्छन उनले भनिन, “धुलो नियन्त्रणको प्रयास कसैले गरेको छैन ।” उनी जस्तै मोटरसाइकल, साइकल र यात्रारत सर्वसाधारण धुँलोको मारमा छन ।
२०७३ असारमा सम्झौता भएको सडकखण्ड २०७५ पुस मसान्त सम्ममा सक्ने लक्ष्य छ । तर तोकिएको समयमा काम सम्पन्न नहुने देखिन्छ । डिभिजन सडक कार्यालय कपिलवस्तुका प्रमुख रमेश पौडेलले तोकिएको मितिमा काम सम्पन्न गर्न ठेकेदारलाई ताकेता गरेको जानकारी दिए । हुलाकी सडक आयोजना अन्तर्गतको प्रोजेक्टवाट बन्दै गरेको यो सडकमा आफ्नो कार्यालयले सुपरभिजन मात्र गर्ने पौडेल बताउँछन । झण्डै ३७ करोड लागतमा बन्न थालेको सडकको काम अहिले सम्म ४० प्रतिशत भएको र सम्झौताको अवधिमा नै कार्य सम्पन्न हुने पौडेल दाबी गर्छन । आउँदो बैशाखको पहिलो साता देखि पिस शुरु हुने उनको भनाई छ । सडकको ठेक्का वज्रगुरु दिवा एम.के. जे.भी.ले लिएको छ ।
राजमार्गलाई सदरमुकाम जोड्ने सिङ्गल लेनको यो सडक पञ्चायत कालमै बनेपनि कालोपत्रेको काम भने बहुदलको आगमन संगै शुरु भएर २०६० सालमा पुरा भएको थियो । तत पश्चात यस क्षेत्रमा राजनीति गर्ने सांसदहरुले चुनावमा यो सडक दुईलेन देखि चारलेन सम्मको वनाउने भाषण गरेपनि पछिल्लो पटक चालु आवमा काम शुरु हुने गरी गत आवमा बजेट विनियोजन हुन पुगेपछि स्तर उन्नतीको शुरुवाँत भएको हो । २१ किमीको यो सडक दुई लेनको बन्नेछ ।
पूर्व सांसद वलराम अधिकारीका अनुसार सरकारले दुइलेन विस्तारका लागि वजेट विनियोजन गरे पनि चारलेन वनाउने वाहनामा काम रोक्न थालेको थियो । तर ब्यापक दवाव पछि दुईलेनको सडक बनाउने काम भएको अधिकारीले बताए । “चारलेन वनाउन कतिवर्ष पर्खने उनले प्रश्न गरे ? ‘पहिला दुइलेन वनाऔं पछि थप गर्दै जाउँला भनेर काम थालिएको हो ।’

प्रकाशित मिति : ११ चैत्र २०७४ आइतबार ००:००  ११ : ५४ बजे