मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा शनिवार भएको आगलागीका २ घटनावाट ६ लाख ५० हजार वढीको क्षेती भएकोछ । घटना अनुसार कपिलबस्तु नगरपालिका वडा नं. ११ बस्ने सरोज अलिको १ तले फुसले छाएको घरमा खाना पकाउने क्रममा एक्कासी आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन जलेको प्रहरीले जानकारी दिएकोछ ।
सो संगै सटेर रहेको हजरथ अलिको १ तले फुसले छाएको घरमा समेत आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा बर्तन जलि नष्ट भएको बताइएकोछ । उक्त आगो प्रहरी, स्थानीय, दमकलको सहयोगबाट नियन्त्रणमा आएको थियो । मानवीय तथा चौपाया क्षेति नभएको र दुबै घरको गरी दुई लाख दस हजार बराबरको क्षेती भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
यता महाराजगंज नगरपालिका ६ सानो बुटनिया स्थित दुर्गा चौधरिको उखुबालिमा अचानक आगलागी हँुदा क्षेती भएकोछ । आगलागीको खबर पाएपछि प्रहरी चौकि उदयपुरवाट गएको प्रहरीले दमकल र स्थानिय बासिहरु संगमिली आगो नियन्त्रणमा लिएको थियो । दुर्गा चौधरी लगायत अन्य ६ जना ब्यक्तिहरुको गरि डेढ बिघा उखु बालिमा आगलागी हुँदा चार लाख पचास हजार बरबारको क्षेति भएको प्रहरीले जानकारी दिएकोछ ।
उता जिल्लाको शिबराज नगरपालिका १ बनकट्टामा आगलागीबाट पिडित भएका इन्द्र बहादुर सिञ्जालीलाई सहयोगी हात अभियानले राहत बितरण गरेका छन । सहयोगी हात अभियान मार्फत चन्द्रौटाका स्थानीयहरुले आगलागी पिडितलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन । आगलागी पीडितहरुका बालबच्चालाई कापी, पेन्सिल, झोला र घर परिवारका लागि खाद्यान्न बितरण गरेको सहयोगी हात अभियानका दिपक खड्काले बताए ।
गर्मीयाम शुरु भए संगै जिल्लामा आगलागीका घटनामा बृद्धि भैरहेका छन । केहि हप्ता पहिले दिउँसै घरमा आगलागी हुँदा जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ७ मानपुरमा तीन बर्षिय बालिका राजकुमारी यादवको आगोमा जलेर ज्यान गएको थियो ।
११ चैत्र २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया