८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सेलेरियो एक्सको लञ्च



रामु पौडेल, वाणगंगा ।
सुजुकीको नयाँ आकर्षण व्राण्डको एडिक्सन सेलेरियो एक्सको आइतबार एक समारोहका बीच बैरीया स्थित डिलरवाट लञ्च गरिएको छ । प्रतिलिटर २३.१ माइलेज दिने दावि गरिएको सो फोर ह्विलर गाडीको शुभारम्भ मुल्य २६ लाख ९९ हजार रहेकोछ । कारोवारमा बढीमा एकलाख छुट दिइने समेत कम्पनीको स्कीम छ ।
देख्दा आकर्षक र चलाउदा सुविधा युक्त उक्त गाडी शक्तिशाली के नेक्सट इन्जीन युक्त रहेकोछ । सुरक्षात्मक प्रणालीका विभिन्न विशेषता समाबेश गरिएकोउक्त गाडी फेमिली कारको रुपमा वजारमा भित्रिएकोछ । युवा जोसका लागि ओरेन्ज रङ सहितका विभिन्न कलरमा उपलब्ध सेलेरीयो एक्सको अग्रिम बुकिङ उच्च रहेको कपिलवस्तु स्थित सुजुकीका आधिकारीक विक्रेता सगरमाथा अटो मोवाइल्स बाणगंगाका प्रोपाइटर श्याम बस्नेले जानकारी दिनुभयो ।
शुभारम्भ मुल्य र गाडीका विशेषता हेर्दा धेरै प्रभावकारी रहेको लञ्चिङ समारोहका प्रमुख अतिथी कुमारी बैक बुटवल शाखाका म्यानेजर सुदन खत्रीले वताउनु भयो ।
३५ प्रतिशत नगद भुक्तान गरेपछि ५ वर्ष देखि ८ वर्ष सम्मको फाइनान्स सुविधावाट यो गाडी न्यून आय हुनेले समेत खरिद गरेर चढ्न सक्ने कम्पनीको भनाइछ । अगाडी र पछाडीको भागमा एक्स थीममा आधारीत ग्राफिक्सले सेलेरीया एक्स निकै साजसज्जा युक्त देखाएकोछ ।

प्रकाशित मिति : ११ चैत्र २०७४ आइतबार ००:००  ३ : १४ बजे