११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अमरैयामा दुर्गा भवानी मन्दिरको समुद्घाटन



मायादेवी अनलाइन, कोपवा ।
वाणगंगा नगरपालिका वडा नम्बर ५ अमरैयामा आइतबार नयाँ टोल दुर्गा भवानी मन्दिरको समुद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच दुर्गा भवानी मन्दिरको प्रदेश सभा सांसद विष्णु पन्थीले समुद्घाटन गर्नुभएको हो ।

स्थानीयबासीको सक्रियतामा गएको मंसिर देखि मन्दिर बनाउने काम शुरु भएको थियो । मन्दिर निर्माणमा लागेको लागतको बारेमा जानकारी दिदै निर्माण समितिका संयोजक मधु पाण्डेले करिब करिब ११ लाखको लगानीमा मन्दिर निर्माण भएको जानकारी दिनुभयो । त्यसमा ७ लाख १६ हजार उठेको र करिब तीन लाख क्रण तिर्न बाकी रहेकोे पाण्डेले बताउनुभयो ।

उक्त मन्दिर निर्माण गर्दा स्थानीयबासीले चन्दा उठाएका थिए । कोपवा क्षेत्रमा अवस्थित अमरैया लगायतका स्थानीयबासीलाई नजिकै मन्दिर नहुदा पूजाआजा गर्न कठिनाई हुदै आएको थियो । मन्दिर निर्माण भएपछि स्थानीयहरुले आज चैते दशैको अवसर पारेर पुजाआजा समेत गरेका छन ।

मन्दिर समुद्घाटन कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी, जिल्ला समन्वय समितिका उपभापति तारावती चौधरी, वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल लगायतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अवसरमा मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगीदातालाई खादा र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो । समुद्घाटन कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोक प्रसाद बेल्वासेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७४ आइतबार ००:००  ३ : ०५ बजे