११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

कृषि पेशा सम्मानित पेशा हो : प्रदेश सांसद पन्थी



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश सभा सांसद विष्णु पन्थीले कृषि पेशा सम्मानित पेशा भएको बताउनुभएको छ । किसानले अन्नबाली उत्पादन नगरे कोहि मानिस बाँच्न नसक्ने यथार्थता प्रस्तुत गर्दै प्रदेश सांसद पन्थीले कृषकलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । कपिलवस्तुको अमरैयामा भएको एक कार्यक्रममा बोल्दै उहाले यस्तो कुरा बताउनुभएको हो । पछिल्लो समय कृषि पेशालाई हेला गर्ने प्रथा बढेको भन्दै उहाले धेरै पढे लेखेर मात्र देश विकास नहुने बताउनुभयो ।

तीव्र रुपमा देशलाई विकास गर्नुको विकल्प नरहेको भन्दै कुरा भन्दा काम गरेर देखाउन सबैलाई आग्रह गर्नुभयो । जनताले केन्द्र, प्रदेश र स्थानीय सरकार पाएकोले विकासको अनुभूति जगाउने गरि काम गर्नुपर्नेमा उहाको कथन थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपसभापति तारावती चौधरीले भौतीक संरचना मात्र बनाएर विकास नहुने बताउनुभयो । नेपाली समाज विविध जातजाती मिलेर बनेकोले समाजिक सद्भाव, आपसी भाइचारालाई पनि पहिलो प्राथकिमतामा राख्नुपर्ने जिकिर गर्नुभयो । सबैको मर्म र भावना अनुसार भएका विकास निर्माणले सार्थकता पाउनेको चौधरीको विश्वास छ

वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले स्थानीय नागरिकको क्रियाशिलता विना कुनै काम सफल हुन नसक्ने बताउनुभयो । त्यसको लागि स्थानीयस्तरबाटै विकास निर्माणको काम हुनुपर्ने उपप्रमुख अर्यालले औल्याउनुभयो । नगरपालिकाले नगरबासीलाई समृद्ध पार्ने गरि काम गरिरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ चैत्र २०७४ आइतबार ००:००  २ : ५७ बजे