नन्दराम पौडेल, कपिलवस्तु ।
बुद्धभुमि नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको बैठकमा प्रतिपक्ष कडा रुपमा प्रस्तुत भएको छ । बैठकमा कार्यपालिका सदस्यहरुले शिक्षा नियामवली सम्बन्धी संसोधन प्रस्ताव पेश गरेको वडा अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
२७ गते बस्ने हिउँदे अबिधेशनका लागि प्रस्ताव लैजान कार्यपालिकाको बैठकमा छलफल गर्न गरिएको प्रस्तावमा वडा न २, ३, ६, ९ र १० वडाका अध्यक्षहरुले संसोधन प्रस्ताव दर्ता गरेका छन ।
परिच्छेद नम्बर ५ को विद्यालय ब्यवस्थापन समिति गठन सम्बन्धी ब्यवस्था, दफा २६, दफा २९, दफा ३१, दफा ५४ दफा ५७ र परिच्छेद १६ को दफा १०२ परिच्छेद ४ को दफा २४, परिच्छेद ९ को दफा ५० को उपदफा ३ लाई खारेज गर्नु पर्ने भन्दै संसोधन प्रस्ताव दर्ता गरेका हुन ।
शिक्षा नियमावली लगायत विभिन्न प्रस्तावहरु नगरसभामा निर्णय पेश गर्न कार्यपालिकाको बैठक बसेको थियो ।
२६ फाल्गुन २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया