११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

गृहमन्त्री थापाको यस्तो निर्देशन !



मायादेवी अनलाइन, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको आजको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले नेपालमा लागुऔषधको धन्दा गर्नेको सञ्जाल पत्ता लगाएर त्यसलाई तोड्ने गरी कार्ययोजना बनाएर ल्याउन मन्त्रालय र प्रहरीका अधिकारीलाई निर्देशन दिनुभयो । लागुऔषधका कारण पारिवारिक सम्बन्ध बिग्रिरहेको तथा समाजलाई समेत दूषित बनाइरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपालमा करिब दुई लाख कडा लागुऔषधका प्रयोगकर्ता रहेको तथा बर्षेनी ११ प्रतिशतका दरले त्यसमा वृद्धि भइरहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४ शनिबार ००:००  ८ : २४ बजे