मायादेवी अनलाइन, काठमाण्डौं ।
बामगठबन्धनबाट प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा विहिबार निर्वाचित हुनुभएको छ । सभामुखका लागि नेता महराको मात्रै उम्मेदवारी परेपछि शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेको थियो । सभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिए पछि संघीय संसदको पहिलो सभामुख महरा बन्नुभएको हो ।
दाङ क्षेत्र २ बाट निर्वाचित महरा पटक–पटक मन्त्री भइक्नुभएको छ । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ हुनुहुन्थ्यो ।
२६ फाल्गुन २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया