११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रेडियो बहस हरिहरपुर स्वास्थ्य चौकिमा, के भने मेयरले ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
स्वास्थ्य स्वय्म सेविकाहरुलाई संचार सहजताका लागि करिव तीन लाख मुल्यका मोवाइल र सीम वितरण गरेको बताउँदै आगामी दिनमा स्वास्थ्य स्वय्म सेबिकालाई थप प्रोत्साहन गर्नेे बुद्धभुमि नगरका प्रमुख केशव कुमार श्रेष्ठले दाबी गर्नुभएको छ ।

शुक्रवार हरिहरपुर स्वास्थ्य चौकिमा भएको रेडियो बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउँनु भएको हो । प्रमुख श्रेष्ठले पाचवटा बर्थिङ सेन्टरमा अनमी पठाएको समेत जानकारी दिनुभयो ।

सिंगो बुद्धभुमि नगरमा भएको स्वास्थ्य समस्याको पहिचान गरि त्यसको समाधन तर्फ आफु लाग्ने बुद्धभुमि नगरपालिकाका नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभयो । रेडियो बहसमा उठेका प्रश्नहरुको जवाफ दिदै उहाले स्थानिय बाधा अर्चनालाई हटाउँदै जनताका मागहरु पुरा गराउन लागी पर्ने र आगामी दिनमा स्थ्वास्थ स्वय्म सेबिकालाई थप प्रोत्साहन गर्नेे दाबी गर्नुभयो ।

त्यस्तै बहस कार्यक्रममा उपप्रमुख मिरा चौधरीले हरेक वडाका महिलालार्ई समेट्ने गरी बिभिन्न सिप मुलुक तालिमहरुको सञ्चालन गरिने बताउँदै नगरपालिका भित्र बर्थिङ सेन्टर आबश्यक रहेको उहाको भनाई थियो ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष कपिलदेब तिवारीले स्वास्थ्य चौकीको लागि जग्गा ब्यवस्थापन गर्न आफु निरन्तर लागी परेको बताउनुभयो । उक्त बहस कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद भट्राईले स्वास्थ शिबिरबाट नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न बताउनुभयो ।

स्वास्थ्य संयोजक गोकर्ण अर्यालले आगमी दिनमा औषधीको अभाव हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । बहसमा सहभागी प्रमुख श्रेष्ठ, उपप्रमुख चौधरी, बडा अध्यक्ष तिवारी, स्वास्थ्य संयोजक अर्याल र स्वास्थ्य प्रमुख भटट्राईले आफुहरुले गरेका प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै अबका दिनहरुमा औषधीको अभाव हुन नदिने बताएका थिए ।
कार्यक्रम हेल्थ फर लाईफ युएसआईडीको आर्थिक तथा प्रावधिक सहयोग बुद्धभुमि नगरपालिकाको आयोजना, इक्वल एक्सेसको सहकार्य र सामुदायिक रेडियो बुद्धआवाजको सञ्चालनमा सम्पन्न भएको हो ।

सो सवालमा स्थानिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वय्मसेबिका, आमा समुहका प्रतिनिधी, शिक्षक, बिद्यार्थी, बुद्धिजिवी लगायत जनाको उपस्थिती रहेको बहसको संचालन बुद्धआवाजका कार्यक्रम प्रमुख दिपेन्द्र कार्कीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४ शनिबार ००:००  ४ : २४ बजे