भुवन पाण्डे, भैरहवा ।
नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले रुपन्देहीको भैरहवालाई पाँच नम्बर प्रदेशको औद्योगिक राजधानी बनाइनु पर्ने बताएका छन् । यहाँ बढ्दै गइरहेको आर्थिक गतिबिधि तथा तिव्र औद्योगिक बिस्तारका आधारमा भैरहवालाई औद्योगिक राजधानी बनाईनु पर्ने उनले बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघको ५९ आंै साधारण सभा तथा अधिवेसशको शुक्रवार भैरहवामा उद्घाटन गर्दै उनले भैरहवालाई औद्योगिक राजधानी बनाउनका लागि उद्योगमैत्री नीति र वाताबरण तयार पार्नु पर्नेमा समेत जोड दिए । बुटवल राजनीतिक राजधानी भएको बताउँदै उनले भैरहवा औद्योगिक राजधानी भएको बताए । भैरहवालाई औद्योगिक राजधानी बनाउन यस क्षेत्रलाई सुरुमा लोडसेडिङ्ग मुक्त बनाईनु पर्ने उनले बताए । बिद्युत अभावका कारण विशेष आर्थिक क्षेत्र संचालन हुन नसकेको र अरु उद्योगमा समेत बिद्युत पु¥याउन नसकिएको प्रति चिन्ता ब्यक्त गर्दै उनले छिट्टै बिद्युत समस्या हल गर्न पहल गर्ने आस्वासन दिए ।
यस्तै अर्को एक प्रशंगमा उनले भैरहवाको डण्डा नदीलाई ब्यबस्थित गरी पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने बताए । हाल नगरपालिकाले डण्डा नदी ब्यबस्थापनमा गरिरहेको पलहमा थप आर्थिक सहायता बढाउन पहल गर्ने उनले बताए । कार्यक्रममा बोल्दै प्रदेस संसाद सन्तोष पाण्डेले भैरहवामा निमार्णधिन गौतमबुद्ध अन्तर्राष्टिय बिमानस्थल निमार्णमा ढिलाई भएको भन्दै काम दुत्र गतीमा अगाडी बढाउन माग गरे । उनले बिमानस्थल निमार्णको क्रममा जग्गा अधीग्रहणमा परेकाहरुलाई मुआव्जा बितरणमा ढिलाई गरिएको भन्दै मुआव्जा बितरण चुस्त पार्न माग गरे ।
कार्यक्रममा सघंका अध्यक्ष रामकुमार शर्माले भैरहवामा आर्थिक र पर्यटकीय संभावनाहरु प्रशस्त रहेको भन्दै राज्यले यसक्षेत्रमा योजनाबद्ध रुपमा लगानी बढाउन नसकेको बताए । उनले बिद्युत, आयात निर्यात जस्ता समस्याहरु समाधान गर्न माग गरे । कार्यक्रममा रुद्र बिलास स्मृती पुरस्कारबाट पत्रकार दिपेश पछाईलाई सम्मानित गरिएको छ । प्रत्येक बर्ष फरक–फरक बिधामा बितरण हुँदै आएको यो पुरस्कार यो बर्ष पत्रकार पछाईलाई प्रदान गरिएको हो । यस्तै सबै भन्दा बढी निकासी गर्ने उद्योगी तथा पूर्व अध्यक्ष, पुराना सदस्य, महिला उद्यमीहरुलाई समेत सम्मान गरिएको थियो ।
यसैबीच संघको आगामी तीन वर्षे नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद गौडेलका अनुसार अनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । संघको आगामी नेतृत्का लागि वर्तमान बरिष्ठ उपाध्यक्ष डा.शान्तकुमार शर्मा र उपाध्यक्ष कुलप्रसाल न्यौपानेले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । संघमा २ हजार १ सय ६६ मतदाता रहेका छन् ।
प्रतिक्रिया