७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

तिलोत्तमा गोल्डकप :फ्रेण्ड्स क्लवको सहज जीत



लक्ष्मण पोखरेल, बुटबल ।
कास्की ११ लाई १–० गोल अन्तरले पाखा लगाउदै फ्रेण्डस् क्लव बुटवलमा जारी २० औ तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा फ्रेण्डका विदेशी खेलाडी जोनल ग्लोरीले खेलकौ २८ औ मिनेटमा हानेको गोल नै निर्णयक बनेको हो । फ्रेण्ड क्लवका सुनिल श्रेष्ठको पासलाई ग्लोरीले सहजै पोष्टको दिसा दिएका थिए ।
खेलको ४५ मिनेटसम्म कस्की ११ का रक्षापंक्तिका खेलाडीहरु कमजोर बन्दा फ्रेण्ड्सले आधा दर्जन पोष्ट प्रहारको सुनौला मौका पाए पनि सदुपयोग गर्न सकेन । खेलको ३९ औ मिनेटमा ग्लोरीले हानेको गोल पोष्टमा लागेर बाहिरियो ।
कास्कीले दोस्रो हाफमा तीन पटक पाएका सुनौला मौका सदुपयोग गर्न नसक्दा अघिल्लो यात्रामा विराम लागेको छ । ५२ औ मिनेटमा त्रिदेव गुरुङले गरेको प्रहारी विपक्षीको पोष्टमा लागेर फर्किदा कास्कीका समर्थक निराश बनेका थिए । त्यसलगत्तै कास्कीले निरन्तर गरेका दुई प्रहार पोष्ट नजिकैबाट बाहिरिएका थिए ।
प्रतियोगितामा फ्रेण्डस्का बसन्त गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगिता अन्तगर्त शनिबार रुपन्देही ११ र नवलपरासी ११ काबीच प्रतिष्पर्धा हुदैछ । डिफेन्डिङ च्याम्पियन संकटा क्लवले प्रतियोगितामा नआउने जनाएपछि सेमिफाइनल पुगेको रुपन्देही क्वाटरफाइनलमा फेरि नवलपरासीसंग भिड्न लागेको हो । झापा गोल्डकप र तिलोत्तमा गोल्डकप र्एकै समयमा भएपछि प्रतियोगिताको खेल तालिका समेत दैनिक जसो फेरिएको छ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्ने फुटवल संघका अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिए । विद्यागत रुपमा समेत उत्कृष्ठ खेलाडीलाई समेत नगदद्वारा पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४ शनिबार ००:००  २ : ३१ बजे