मायादेवी अनलाइन, काठमाडौँ ।
आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ ।
जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायो स्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ । नेपालले अफगानिस्तानसँगै हङ्कङसँग खेल्न बाँकी छ ।
प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भई विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् ।
२६ फाल्गुन २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया