भुवन पाण्डे, भैरहवा ।
लुम्बिनी खुकुरी क्लब रुपन्देहीमा जारी सुपर लिग क्रिकेटको फाइनमा प्रवेश गरेको छ । भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा खुकुरी क्लबले देवदह क्रिकेट युनिटलाई १० विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा २९ ओभरमा सबै विकेट गुमाई एक सय ६ रन मात्र बनाएको हो । फाइनल खेलमा शनिबार लुम्बिनी खुकुरी क्लब र शिवशक्ति क्रिकेट क्लब बीच हुनेछ । रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन एक गते देखि चलेको लिगमा जिल्लाका २१ टिमको सहभागिता थियो ।
प्रतिक्रिया