११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

कृषी र पर्यटन बिकासको क्षेत्रमा तीन सांसदको एकै स्वर !



अबिनाश बेल्बासे, कपिलबस्तु ।
प्रतिनिधी सांसद चक्रपाणी खनाल ‘बलदेब’ले कृषी र पर्यटनको बिकासले मात्र मुलुक सम्बृद्ध हुने बताउनुभएको छ । कृषी प्रणालीको आधुनिकिकरण र पर्यटन क्षेत्रको प्रबद्र्धन मार्फत अबको केही बर्ष भित्रै लाखौ युवाहरु नेपालमै स्वरोजगार बन्ने समेत उहाँले दाबी गर्नुभयो । पतरिया सामुदायिक सिकाई केन्द्र ( सिएलसी ) शुद्धोधन गाउँपालिका १ अनराठको पाचौँ अबिधेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कृषी र पर्यटनलाई अहिलेको सरकारले मुख्य प्राथमिकतामा पारेको बताउँदै यी क्षेत्रमा योजना ल्याउन शुद्धोधनबासीलाई उहाले आग्रह गर्नुभयो । ती योजना हरुलाई बिचमै अलपत्र पर्न नदिनुका साथै सहकार्य गरेर अघी बढ्ने सांसद बलदेबले प्रतिबद्धता समेत गर्नुभयो ।
त्यसैगरी प्रदेश सांसद बिष्णु पन्थीले ५ नं. प्रदेश पर्यटनको क्षेत्रमा सिंगो मुलुकको मेरुदण्ड भएको बताउँनुभयो । यहा पर्यटनका अनेकौ सम्भावना रहेकाले ती सभाँवना पहिचान र सदुपयोग गरी फाईदा लिने सही समय आएको उहाले जिकिर गर्नुभयो । परम्परागत कृषी र पर्यटन व्यबसायलाई कसरी आधुनिकिकरण गर्ने बारे अहिलेको सरकार संग प्रशस्तै ज्ञान भएको समेत सांसद पन्थीको भनाई थियो ।
त्यसैगरी अर्का प्रदेश सांसद सहसराम यादबले जुन पार्टी बाट निर्बाचित भएपनी जनताको हित हुने कार्यमा सबै संग सहकार्य गरेर अघी बढ्ने प्रष्टाउनुभयो । संस्थाका अध्यक्ष कमलेस प्रसाद चौधरीको अध्यक्षता रहेको कार्यक्रममा सुद्धोधन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तिलकराम यादब, सो संस्थाका जग्गादाता राम बहादुर चौधरी, बिभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, सो क्षेत्रका बुद्धिजिबी, समाजसेबी, सुरक्षाकर्मी, सर्बसाधारण लगायतको उपस्थिती रहेको थियो ।
उक्त संस्थाका सहसचिब जगनारायण कोरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपादक्ष लिला खनालले गर्नुभएको थियो । नयाँ कार्य समितीको टुङ्गो भने निर्बाचन मार्फत गरिने भएकाले निर्बाचन कमिटिले पछिका लागी समय तोकेको बताईएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४ शनिबार ००:००  १ : ५० बजे