दिपक खड्का, चन्द्रौटा ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा चन्द्रौटाका पुरुषहरु महिलाको हक अधिकार सहितको प्ले कार्ड बोक्दै सडकमा निस्किए । १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुरुषहरु प्ले कार्ड सहित नारा लगाउँदै पदयात्रामा निस्किएका हुन । पुरुषहरुले महिला पुरुष बराबरी लगायतका नारा लगाएका थिए । उक्त पदयात्रामा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारी, ईलाका प्रशासन कार्ययालयका प्रमुख जगदिश अर्याल, शिवराज नगरपालिकाका कार्यकारी प्रमुख शेसकान्त पौडेल, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका शाखा अध्यक्ष विष्णु प्रसाद खतिवडा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
महिलाहरुको सवालमा ऐक्यबद्घता जनाउन र महिला हिसां अन्त्यका लागि पुरुषहरुको पदयात्रामा सहभागि भएको विष्णु हमालले बताउनुभयो । महिला हिसां विरुद्घका प्ले कार्ड बोकि ¥यालिमा सहभागि पुरुषहरुले शिवराज नगरपालिकाको चन्द्रौटा बजार प्ररिव्रmमा गरिएका थिए ।
“आर्थिक सशतिmकरण सहितको सामाजिक जागरण ग्रामिण तथा शहरी महिलाको जीवनस्तरको रुपान्तरण” भन्ने मूल नारा सहित पदयात्रा गरिएको कार्यव्रmमा संयोगक सुदिप चापागाईले बताउनुभयो । कार्यव्रmम कालिका स्वालम्वन सामाजिक केन्द्र, परिवर्तनका पाईलाहरु, सहयोगी हातहरु, दियालो नेपाल, सेभ द्र चिल्ड्रेनको, शिवराज नगरपालिकाको सहयोगमा संचालन गरिएको थियो ।
२५ फाल्गुन २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया