४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निरंकुशताको अन्त्य गर्न दुई तिहाइ बहुमत- जनार्दन



मायादेवी अनलाइन, अर्घाखाँची ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले निरंकुशताको अन्त्य गर्न दुई तिहाइ बहुमतको सरकार बनाउन थालिएको बताउनु भएको छ । उहाँले वाम गठबन्धनले दुई तिहाइको सरकार बनाएर निरंकुशता लाद्न खोज्दैछ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नु भएको छ ।
अर्घाखाँचीको सन्धिखर्कमा प्रेस सेन्टर नेपालले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लोकतन्त्रको संस्थागत विकास गर्नका लागि आफूहरु दुई तिहाइको सरकार निर्माण गर्न थालेको बताउनु भएको हो ।
जनताको चाहना अनुसार संविधान संसोधन गर्न सकिने उहाँको भनाई छ । जनताले जिताएका प्रतिनिधिको बहुमतले संविधान संशोधन गर्न सक्ने भएकाले संविधान संशोधनको विषयलाइ ठूलो विषय बनाउन नहुने बताउनुभयो ।
नेपालमा स्थायी सरकार बन्न नसक्दा विकास निर्माणका काम हुन नसकेको ठहर गर्दै स्थायी सरकार बनाएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनु अहिलेको सरकारको मुख्य कार्य हुने उहाँको भनाई छ ।
संसदमै समृद्धी र भ्रष्टाचारको विषयले मुख्य बिषयका साथ प्राथमिकता पाउनुले देशमा नयाँ आयाम थपिने विश्वास लिन सकिने उहाँको ठहर छ ।
कार्यक्रममा प्रदेश ५ का सांसद चन्द्र प्रकाश खनाल (वलदेव) ले ५ नम्बर प्रदेशको स्थायी राजधानी कपिलबस्तु बनाउनु पर्ने बताउनुभयो । कपिलवस्तुमा राजधानी बनाउन सबै किसिमले उपयुक्त भएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४ शुक्रबार ००:००  ३ : ३० बजे