मायादेवी अनलाइन, बुटवल ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुटवलमा रहेको राष्ट्रिय वाणिज्य बैंकको जग्गा कब्जा गरेको छ ।
बुटवलमा रातो घरको नामले परिचित भवनको स्वामित्व राष्ट्रिय वाणिज्य बैंक खस्यौली शाखाको नाममा रहे पनि विप्लवको पार्टीले आफ्नो नियन्त्रणमा राखेको हो ।
पार्टीका रुपन्देही इन्चार्ज शरद वलीले आफूहरुले आधा जमिन माग दाबी गरेको स्वीकार गर्नुभयो । अन्य पार्टी र विभिन्न संघसंस्थाले सरकारी जग्गामा सरकारी बजेट प्रयोग गरेर कार्यालय सञ्चालन गरेकोले आफूहरुले पनि सो भवन र जग्गाको आधा माग दाबी गरेको उहाले बताउनुभयो । उहाले आधा जग्गा दिए आधा छोडिदिने भन्दै राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयलाई पत्राचार समेत गरेको बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालले भने भवन खाली गराई सहयोग गरिदिन आग्रह गर्दै करिब २ महिनाअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पत्राचार गरेको छ । उक्त पत्रबारे रुपन्देही प्रशासन मौन छ । भगवती पाण्डेबाट
२१ फाल्गुन २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया