मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीमा विजुलीको लाइन छिनमै आउने र छिनमै जाने समस्याबाट स्थानीय बासिन्दा हैरान बनेका छन् । विजुली दिनमा १५ पटक भन्दा बढी जाने र आउने समस्याले अर्घाखाचीका उद्योगी, व्यवसायी मात्र हैन आम सर्वसाधारण समेत आजित बनेका हुन् ।
दैनिक कतिय समय लोडसेडिङ हुन्छ भन्ने पनि थाहा नहुदा काम गर्न अलमल भएको सन्धिखर्कका स्थानीय नारायण विसीले बताउनुभयो । बत्ति जाने र आउने गर्दा समस्या भोग्नु परेको उहाले गुनासो गर्नुभयो ।
साना उद्योग, फर्निचर र कुटानी पिसानी मिल मात्र हैन पटक–पटक जाने लाइनका कारण जिल्लामा सञ्चालित ६ वटा रेडियोहरु पनि समस्यामा परेका छन् ।
विद्युतको लाइन नभएपछी विद्युत कार्यालय अर्घाखाँची शाखामा फोन गर्दा तत्काल बत्ति आउँछ भन्ने उत्तर आउने गरेको तर दैनिक १२ घण्टासम्म लाइन नआउने गरेको स्थानीयले गुनासो छ । प्रेमनारायण आचार्यबाट ।
२१ फाल्गुन २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया