मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुको शाखाको ४६ आंै जिल्ला अधिबेशनबाट केशव सिंह पुनः सभापतिमा निर्बिरोध निर्वाचित हुनुभएको छ । सिंह लगातार छैठौ पकट अध्यक्ष बन्नुभएको हो । तौलिहवामा भएको अधिबेशनमा सिंहकै नेतृत्वमा १२ जना सदस्य समेत निर्बिरोध चयन भएको निर्वाचन अधिकारी शशी पन्थीले बताउनुभयो ।
निर्वाचन लगत्तै भएको जिल्ला सभामा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले रेडक्रसले अझ सशक्त ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै सोही अवसरमा प्रजिअ मदन भुजेलले रेडक्रसको सिन्द्धान्त अनुसार स्यमसेवी भावनाले काम गर्नुपर्ने बताउनुभयो । सो अवसरमा शाखाका मन्त्री चिरंजीवी गिरीले प्रगति र कोषाध्यक्ष नरेन्द्र बहादुर चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
२१ फाल्गुन २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया