मायादेवी अनलाइन, कपिलवस्तु ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हडतालले कपिलवस्तुका अधिकांश विद्यालय बन्द हुनु पुगेका छन ।
शैक्षिक हडतालका कारण कपिलवस्तु सदरमुकाम लगायत जिल्लाभरका विद्यालय तथा क्याम्पसहरुमा विहानी तथा दिवा कक्षाको पठनपाठन प्रभावित भएको हो ।
आफ्ना विद्यार्थी नेताहरुको बिनासर्त रिहाइको माग गर्दै क्रान्तिकारीले आइतबार देशभर शैक्षिक हड्ताल आव्हान गरेको थियो । अखिल क्रान्तिका महासचिव दीपेन्द्र चलाउने, सचिवालय सदस्य गणेश रैकाल, भीम कठायत लगायतको रिहाइको माग गर्दै संगठनले विभिन्न आन्दोलका कार्यक्रम गर्दै आएको छ ।
परीक्षा नजिकिदै गएकाले विद्यालय बन्द हुँदा धेरै विद्यार्थीहरु मारमा परेका छन् । बन्द हो कि होइन विहान सम्म दोधार हुदा केहि विद्यार्थी बिहान विद्यालय पुगेका थिए । तर घरबाट पढ्न तयार भएर स्कुल पुगेका विधार्थी विद्यालय बन्द भनेपछि घर फर्किएका थिए ।
२१ फाल्गुन २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया