४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेसबाट प्रदेश ५ को संसदीय दलको नेतामा ५ जनाको उम्मेदवारी



मायादेवी अनलाइन, बुटवल ।
प्रदेश नं. ५ को कांग्रेस संसदीय दलको नेता छनोटका लागि चुनाव हुने भएको छ । पार्टी केन्द्रमा जस्तै संसदीय दलको नेतामा सहमति नजुटेपछि चुनाव गर्न लागिएको हो ।
कांग्रेसले सहमतिका आधारमा ५ नम्वर प्रदेशको संसदीय नेता चयन गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई खटाएको थियो । खाणको निरन्तरको प्रयास सार्थक हुन नसकेपछि चुनाव हुन लागेको हो । कांग्रेस नेता खाँणले आकांक्षीहरुले दाबी नछाडेपछि चुनाव गर्न लागिएको बताउनुभयो ।
निर्वाचन गराउन कांग्रेसले अधिवक्ता डा.बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । समितिले मनोनयनका लागि दिएको समयसीमामा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन ६ गतेका लागि तय भएको निर्वाचनमा ५ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिका अनुसार, प्रदेश सांसदहरु वलदेव शर्मा पोखरेल, वीरबहादुर राना, वीरेन्द्र कनोडिया, फकरुद्धिन खां र डिल्ली चौधरीले उम्मेदवारी दर्ता गराउनुभउको छ ।
संसदीय दलको नेता चयनका लागि फागुन २६ गते ११ बजे निर्वाचन हुनेछ । निर्वाचन समितिका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले २६ गते १० बजेसम्ममा नाम फिर्ता लिन सक्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४ सोमबार ००:००  २ : ५९ बजे