मायादेवी अनलाइन, बुटवल ।
नेपाल आर्मीका प्रनव खनाल बुटवलमा जारी बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको एकल पुरुषतर्फको उपाधि चुम्न सफल भएका छन् । देविनगरस्थित लन टेनिस कोर्टमा आज भएको फाईनलमा नेपालका टप टेन रेन्कमा खेलाडी सन्तोष खत्रीलाई ६–२, को सेटमा पराजित गर्दै उनले उपाधि चुमेका हुन् ।
उपाधिसंगै उनले नगद ५५ हजार, प्रमाणपत्र र पदक प्राप्त गरे । उपविजेतामा चित्त बुझाएका खत्रीले नगद २५ हजार, प्रमाणपत्र र पदक प्राप्त गरे । तृतिय भएका जितेन्द्र परियार र प्रदिप खड्काले नगद १० –१० हजार प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएका छन । नेपाल आर्मीका खनालले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए ।
यता महिला एकलको उपाधि माहिन्का राणा हात पार्न सफल भइन् । आप्mनै बहिनी माहिका राणालाई ७–५, ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि हात पारिन् ।
प्रतिक्रिया