१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बर्तमान सरकारले बेरोजगारी संख्या घटाउँछ: प्रदेश सांसद पन्थी



मायादेवी अनलाइन, पिपरा ।
आफ्नो जातीय पहिचानको साथ ३६ औ नेपाल मगर संघ एकता दिबस बिबिध कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा कपिलबस्तुका मगर समुदायले विभिन्न स्थानमा कार्यक्रम गरेका छन । यस बर्षको दिवसको नारा “मगरहरुको ईतिहास, भाषा, संस्कृती र धर्म संरक्षण सम्बद्र्धन मगरहरुको मुल मन्त्र मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र” रहेको थियो ।

पिपरामा भएको मगर समुदायको कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका पन्थीले कार्यक्रममा बोल्दै मुलुकमा आन्दोलन र लडाई धेरै भएकाले अब समग्र मुलुकको ध्यान आर्थिक समृद्धी तर्फ जानुपर्ने बताउनुभयो । त्यसको लागि सबै समुदाय बीच आपसी सद्भाव, एकता र भाईचारा हुनुपर्ने बताउनुभयो । देशमा विभिन्न समस्या रहेको भन्दै पन्थीले युवाहरुको वेरोजगारी बर्तमान सरकारले हटाउने बताउनुभयो ।

उक्त अवसरमा बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले सबै समुदाय बीचको जातीय सद्भाव र एकताले नै नगरको विकास हुने बताउनुभयो । मगर समुदायको दिवसको अवसरमा सबैमा उहाले शुभकामना दिनुभयो ।

कार्यक्रममा मगर संघ जिल्ला कार्य समितीका सचिब मोहन सिजांली, मगर संघका जिल्ला सल्लाहकार कुल बहादुर सोमै मगर, भुपु केन्द्रिय पार्सद चोपलाल राहुल मगर, कपिलबस्तु उद्योग बाणिज्य संघका उपाध्यक्ष छबी रेश्मी मगर, मगर महिला संघ अध्ययक्ष बिष्णु राना मगर, नेकपा एमालेका प्रतिनिधी बिष्णु कार्की, काङ्ग्रेश प्रतिनिधी रबी काफ्ले, थारु कल्याणकारिणी कपिलबस्तुका अध्यक्ष जन्जिर प्रसाद थारु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मगर समुदायका परिकार प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा स्थानिय कलाकार लगायतले प्रस्तुतीले सहभागीहरु उत्साहित भएका थिए । उक्त अवसरमा बोल्दै बक्ताहरुले मगरहरुको संस्कृती रहनसहनको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । दुर्गा थापा झेडीको अध्यक्षता, किरण सिंघ रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बुद्ध झेडी मगरले गर्नुभएको थियो ।

यसैबीच दिवसको अवसरमा नेपाल मगर संघ नगर समिती बुद्धभुमिले पनि पथ्थरकोटमा कार्यक्रम गरेको छ । नगरका अध्यक्ष बुद्धी बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतीक प्रस्तुती देखाइएको थियो । मगर भेषभुषामा सजिएका मगर समुदायहरुले आफ्नो जातीय पहिचान झल्काएका थिए । बयोबृद्ध तेज बहादुर राहुलको उदुघाटनबाट शुरु भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य चुरा थापा र सञ्चालन निर्मल रजालीले गर्नुभएको बताइएको छ ।

उता नेपाल मगर संघ अर्घाखाँचीले ३६ औं राष्ट्रिय सम्मेलन विभिन्न कार्यक्रम गरि मनाएको छ । प्राप्त उपलब्धिलाई निर्णायक बिन्दुमा पुयाउनका लागि सम्मेलन आयोजना गरिएको मगर संघ अर्घाखाँचीले जनाएको छ ।

राष्ट्रिय सम्मेलन तथा मगरात र्याली संघले सन्धिखर्क पुरानो बसपार्क बाट बगैचा, हललाइन हुदै पुन बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । जातीय भेषभुषा सहितको र्याली र झाँकी प्रर्दशन गरिएको थियो ।

“पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधन , सामाजिक न्याय र पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा ३६ औं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।

यसैबिच कपिलवस्तुका मगर समुदायलाई मगर स्थापना दिवस किन मनाउनुहुन्छ भनेर हाम्रा सहकर्मी भगवती न्यौपाने र सृजना थारुले सोध्नु भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४ बुधबार ००:००  ३ : २७ बजे