४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अध्यक्ष पोख्रेल भन्छन, ‘सुशासनको पक्षमा कलम चलाउनुस’



मायादेवी अनलाइन, जितपुर ।
सुशासनका विषयवस्तुलाई जनसमक्ष पस्किन नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । प्रेस चौतारी नेपाल आयोजक समिति कपिलवस्तुको मंगलवार जितपुर ४ नं मा बसेको वैठकलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो ।
विकास निमार्णका गतिविधिहरु कसरी भएका छन्, कहाँनेर चुहावट भएको छ, त्यस्ता समाचारहरुलाई पत्रकारहरुले वढि प्राथमिकता दिनु पर्ने उहाँले जनाउनुभयो । असल पत्रकारको कलमले नै सुशासन ल्याउने हुदा त्यस विषयमा पत्रकारहरु चनाखो बन्नु पर्ने जनाउनुभयो । जिल्लामा राजश्व छल्ने कुराहरुलाई पनि पत्रकारहरुले निगरानी गरि सवालहरु वाहिर ल्याउनुपर्ने उहाँले औल्याउनुभयो ।
वैठकमा नेकपा एमालेका उपाध्यक्ष एवं मोर्चा प्रमुख बाबुराम खनालले कपिलवस्तु जिल्ला धार्मिक एवं पर्यटकिय हिसाबले निकै धनी भएको हुदा पत्रकारहरुले यस विषयमा व्यापक प्रचार प्रसार एवं खोज अनुसन्धान गर्नु पर्ने जनाउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पार्वती पाण्डेले पत्रकारहरुले विकास निमार्ण सँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता महत्वपुर्ण सवालहरु प्राथमिकताका साथ उठान गर्ने र निरन्तर निगरानी राख्नु पर्ने जनाउनुभयो । राज्यको चौथो अंग पत्रकारीता पेशालाई मर्यादित बनाउदै असल पत्रकारको पहिचान कलम चलाउनेले दिनु पर्नेमा उहाँले जोड् दिनु भयो ।
चौतारीका आयोजक समितिका अध्यक्ष हरि अधिकारीको अध्यक्षता, सचिव बाबुराम रायमाझीको सञ्चालनमा भएको कार्यक्रममा प्रचार विभागका प्रमुख एल्पी बेल्बासे, चौतारीका पुर्व केन्द्रीय सदस्य विकास बन्जाडे, पुर्व अध्यक्ष द्धोए भेषराज पाण्डे, नन्दराम पौडेल लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४ बुधबार ००:००  १ : ३५ बजे