११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अतिक्रमण गरि बनाइको घर टहरा भत्काइयो



शिवलाल सुवेदी, गुल्मी ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ मा बन अतिक्रमण गरि बनाइको घर टहरा भत्काइएको छ । गुल्मी र अर्घाखाची जिल्लाको सिमानामा धुर्कोट गाउँपालिका १ नयाँगाउकी ४२ बर्षिय पमिता खनालले वन अतिक्रमण गरि बनाएको घर टहरा जिल्ला बन कार्यालय गुल्मी र अर्घाखाचीले भत्काएका हुन ।

केही बर्ष अगाडि घरमा चट्याङ पर्दा एक बच्चासहित गोठमा भएका वस्तुभाउ गुमाएकी खनाललाई स्थानिय समाजसेवी, बुद्धिजिवी लगायतले नजिकैको सामुदायिक बनको खालि जग्गामा घर बनाउन भनेपछि उनले उक्त जग्गामा टहरा बनाएर बस्दै आएकी थिईन । लामो समयदेखि स्थानियले प्रदान गरेको जग्गामा टहरा बनाएर गुजारा चलाउदै आएकी उनले पछिल्लो समय भने पक्की घर निमार्ण गदै थिइन् ।

वनको जग्गामा पक्की घर निमार्ण गर्न थालेपछि स्थानीयवासीहरुले नै जिल्ला वन कार्यालय अर्घाखाँचीमा निवदेन दिएका थिए । अर्घाखाची वन कार्यालयमा निवेदन परेपछि गुल्मी र अर्घाखाची वन कार्यालयले स्थलगत अनुगमन समेत गरि खनाललाई सामुदायिक वनमा रहेको टहरा हटाउनका लागि पटक पटक आग्रह गरेको बन कार्यालय गुल्मीका वन अधिकृत विशाल घिमिरेले बताउनु भयो ।

आफूहरुको घर निर्माण कार्य रोक्न अनुरोध गरेपनि महिलाले अटेर गरि घर निमार्ण धमाधम गरेकाले भत्काउन वाध्य भएको वन कार्यालयले जनाएको छ । जिल्ला बन कार्यालय गुल्मी र अर्घाखाचीका प्रमुख धुर्कोट गाउँपालिका १ का वडाध्यक्ष,वडासदस्य लगायत प्रहरी प्रशासनको रोहवरमा खनालले अतिक्रमण गरि बनाएको घर टहरा हटाइएको हो ।

यता धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार गुल्मी र अर्घाखाची बन कार्यालयले टहरा भत्काउने काम गलत भएको बताएका छन । सार्वजनिक जग्गामा घर बनाउने काम ठिक होईन, स्थानीय सरकार थियो पोखरेलले भने‘हामीसगँ सल्लाह गरेर मात्र टहरा भत्काउने काम गर्नुपथ्यो, जगंली शैलीमा वन कार्यालयले गरेको कार्यप्रति गाउँपालिकाको ठुलो आपत्ती छ ।’ धुर्कोट गाउँपालिकाको घर भत्काउदा समेत आफूहरुलाई कुनै जानकारी नदिइनु निन्दनिय भएको पोखरेलले बताउनु भयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४ बुधबार ००:००  १ : ३० बजे