१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पारिश्रमिक थप गर्नु पर्ने बिद्यालय कर्मचारी परिषदको माग



मायादेवी अनलाइन, तौलिहवा ।
बर्षौ देखि सामुदायिक बिद्यालयमा न्युन पारिश्रमिकमा काम गर्दै आएका कर्मचारीहरुको पारिश्रमिक थप गर्नु पर्ने भन्दै नेपाल बिद्यालय कर्मचारी परिषदले कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र दिएको छ ।
बिगतमा शिक्षा नियमालीमा यस बारे केही ब्यवस्था नभएकाले आफुहरु पीडीत बनेको भन्दै नगरपािलकाले कार्यबिधि बनाई स्थानीय सरकार मार्फत नियुक्ती समेत दिनु पर्ने परिषदले माग गरेको छ । परिषदका जिल्ला अध्यक्ष खुम बहादुर बिक सहीतको टोलीले मंगलवार नगरप्रमुख किरण सिंहलाई ज्ञापन पत्र दिदै सो माग गरिएको हो । ज्ञापन पत्रमा शिक्षा एने अनुसार दरबन्दी र्सजना गर्नु पर्ने, अस्थायी वा स्थायीलाइए अनुमोदन गरी दरबन्दीमा समायोजन गर्नु पर्ने, समानमा समान ज्याला हुनु पर्ने माग गरिएका छन ।
यस्तै ६० बर्ष काटेकालाई उपदानको ब्यवस्था गरी अन्य शिक्षक सरह सेवा सुबिधा उपलब्ध गराउनु पर्ने २० बर्ष सेवा गरीसकेकालाइ स्वेच्छिक अवकास वा पेन्सनको ब्यवस्था हुनु पर्ने, शिक्षक सरह तलब भत्ता र पोशाकको रकम उपलब्ध गराउनु पर्ने, पायक पर्ने बिद्यालयमा ब्यवसथा मिलाउनु पर्ने समायोजना गर्दा बिस्थापित गर्न नहुने, कार्यगत कर्मचारीलाई तह गत र श्रेणीगत बढुवाको ब्यवस्था हुनु पर्ने माग गरिएका छन । बिद्यालयका कर्मचारीको बिषयमा सर्वोच्च अदालतले कार्यदेश जारी गर्दा समेत सरकारबाट कुनै पहलन नुहदा आफुहरु पीडीत भएको परिषदका अध्यक्ष खुम बहादुर बिकले गुनासो गर्नुभायो ।
बिगतमा शिक्षा मन्त्रीहरुसंग पटक पटक संझौता हुदा समेत कार्यान्वय नहुदा आफुहरु समस्यामा परेको उहाले बताउनुभयो । २०६८ साल देखि हाल सम्म देशभर ३५ हजार कर्मचारीहरु कार्यरत छन । जसमध्ये २२ हजारलाई मात्र नगन्यरुपमा अनुदान दिईएको परिषको भनाई छ । कर्मचारीहरुले २ हजार देखि ११ हजार ५ सय सम्म मासिक पाउने गरेका छन । ज्ञापन पत्र बुझदै मेयर किरण सि.हले बिदालयका कर्मचारीहरुको बिषयमा आवश्यक छलफल गरी काम अघि बढाउने प्रतिबद्धता जनाएका छन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४ बुधबार ००:००  १ : २८ बजे