१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शौचालय बनाउँन अटेरी गर्ने माथि मेयरले गरे लिखित सहमती



मायादेवी अनलाइन, चन्द्रौटा ।
तोकिएको समयसीमा भित्र नगरबासीले शौचालय नबनाए पछि शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले फरक शैली अपनाउन थालेका छन । पटक पटक शौचालय बनाउन ताकेता गर्दा समेत नगरबासीले शौचालय बनाउन अटेरी गरेपछि मेयर अधिकारीले फरक शैली अपनाएका हुन । उनले अहिले शौचालय नबनाउँनेको घरमा पुगि कति दिन भित्र शौचालय बनाउने लिखित सहमती गर्न थालेका छन् ।
अरु नगरपालिकाले भन्दा फरक शैली अपनाएका मेयर अधिकारीले जनताको प्रत्यक्ष घरदैलोमा पुगेर शौचालय बनाउँन लिखित सहमती गरेको बताए । तोकिएको समय भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सकिएन मेयर अधिकारीले भने, “जनतालाई फकाईफुलाई गरेर शौचालय बनाउन भनेका छौँ ।”
आइतबार नगरको वडा नम्बर ३ मा अनुगमनको क्रममा मेयर अधिकारीले दर्जनौ घरमा पुगेर शौचालय बनाउँन लिखित सहमति गरेको बताए । वडाका मदवा, वलुहवा लगायतका गाउँमा पुगेर शौचालय बनाउँन लिखित सहमती गरिएको हो । ‘पटक पटक शौचालय बनाउन आग्रह ग¥यौ, चेतावनी दियौँ केही लागेन मेयर अधिकारीले भने, “अब घरघरमा पुगेर शौचालय कति दिन भित्र बनाउँने भन्ने बारे लिखित सहमती गर्दा प्रभावकारी हुने देखेर यस्तो सहमती ग¥यौ” ।
मेयर र घरधुरी बीचको सहमतीमा एक हप्ता भित्र शौचालय बनाउने सम्झौता छ । उक्त अविधिमा काम नभए कारर्बाही हुने सहमतीमा उल्लेख छ । नगरकी उपमेयर शिवकुमारी थारुका अनुसार थारु समुदायले शौचालय बनाउँन हटेरी गरेका छन । सहमती पछि पनि हटेरी गरेको पाइए सरकारी निकायवाट पाउँने कुनै पुनि सेवा सुविधा नदिइने उनले बताइन । शौचालय निमार्ण गरी प्रयोग गर्न उपप्रमुख थारुले सबैमा आग्रह गरिन ।
११ वडा रहेको नगरपालिकामा हाल सम्म वडा नम्बर १, २, ९, १० र ११ वडा गरि ५ वटा वडा मात्र खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन । अबको एक हप्ता भित्र वडा नम्बर ३, ५ र ८ खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा नगरपालिका लागेको छ । बाँकी वडालाई फागुन मसान्त भित्र दिसा मुक्त गर्ने नगरपालिकाको योजना रहेको प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । १० स्थानीयतह रहेको जिल्लामा हाल सम्म वाणगंगा र बुद्धभुमी नगरपालिका मात्र खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन । बाँकी चार नगरपालिका र चार गाउँपालिकालाई यहि चैत्र मसान्त भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको छ । तर त्यसको सम्भावना न्यून रहेको स्वयम सरोकारवाला बताउँछन ।
तस्बिर ः शौचालय बनाउँन लिखित प्रतिबद्धता गर्दै मेयर नेत्रराज अधिकारी ।

प्रकाशित मिति : १३ फाल्गुन २०७४ आइतबार ००:००  ११ : १५ बजे