११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सम्पर्क मञ्चको अध्यक्षमा पौडेल



हरि आचार्य फागुन ९ कपिलबस्तु ।
वाणगंगा बहुमुखि क्याम्पस वाणगंगा ८ लौगाईमा एक भब्य कार्यक्रमका बिच अर्घाखाँची कपिलबस्तु सम्पर्क मञ्च गठन गरिएको छ । विद्यालयमा अध्ययन गर्न आउँने अर्घाखाँची लगायतका अन्य जिल्लाका विद्यार्थिहरुलाई पर्न सक्ने आर्थिक, सामाजिक तथा नैतिक समस्याहरुलाई समाधान गरि विद्यार्थिहरुलाई सहज गराउने उद्देश्यले उक्त मञ्च गठन गरिएको हो । नारायण बेल्बासेको संयोजकत्व तथा सुजन पाण्डेको सहसंयोजकत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको अध्यक्षमा प्रबिन पौडेल, उपाध्यक्षमा सुरज घिमिरे, वरिष्ठ उपाध्यक्षमा दीक्षा पाण्डे, महासचिवमा रेडियो वाणगंगाका सञ्चारकर्मि हरि आचार्य, सचिवमा सरस्वती पौडेल, सहचिवमा रोशनि क्षेत्रि, कोषाध्यक्षमा अनिश पौडेल र सहकोषाध्यक्षमा बामदेव पौडेल लगायत अन्य २१ सदस्यहरु चयन हुनुभएको छ ।
क्याम्पसका स्ववियु सभापति तथा कार्यक्रमका प्रमुख अथिति माधव पौडेलले नवगठित समितिलाई बधाई दिँदै आफ्नो ठाउँबाट जुनसुकै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पौडेलले सम्पुर्ण विद्यार्थिहरुलाई मध्यनजर गरि उक्त मञ्च गठन गरिरुएको बताउनुभयो ।
त्यस्तै नवगठित कार्यसमितिका अध्यक्ष प्रविन पौडेलले अर्घाखाँची मात्र नभई सम्पुर्ण बाहिरि जिल्लाका विद्यार्थिहरुलाई समेटेर उल्लेखनिय कार्य गरि संस्थालाई नमुना संस्था बनाउने बताउनुभयो ।
क्याम्पसका विद्यार्थि नेता रोशन कार्किको अध्यक्षता, क्याम्पसका स्ववियु सभापति माधव पौडेलको प्रमुख आथित्यता, सिद्धार्थ बहुमुखि क्याम्पसका स्ववियु सभाति सुशिल खत्रि, नेविसंघ जिल्ला उपाअध्यक्ष शंकर प्रसाद न्यौपाने, नगर विकास समिति अध्यक्ष चन्द्रकान्त पोख्रेल लगायतको विशिष्ट आथित्यता, चेतनशिल प्रतिष्ठान कपिलबस्तुका अध्यक्ष असिम भट्राई, सिद्धार्थ बहुमुखि क्याम्पसका सम्पर्क मञ्च कोषाध्यक्ष नारायण गैरे लगायतको आथित्यता रहेको थियो ।
विद्यार्थि नेता तिलक पाण्डेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको सञ्चालन नव गठित मञ्चका संयोजक नारायण बेल्बासेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४ बुधबार ००:००  १२ : ०९ बजे