मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेल कपिलवस्तु भ्रमणमा आएका छन । विप्लव नेतृत्वको (नेकपा) ले गरेको नेपाल बन्दको कुनै प्रवाह नगरि मुख्यमन्त्री पोख्रेल सहितको जम्बो टोली यहाँको भ्रमणमा आएको हो । मङ्गलबार विहानै देखि बन्दको प्रभाव यहाँ परेपनि मुख्यमन्त्री सहितको टोलीलाई भने बन्दले छेकेन । अगाडी पछाडी सुरक्षाकर्मीको स्कटिङ्को साथ मुख्यमन्त्री पोख्रेल सहितको टोलीले कपिलवस्तुका बुद्ध संग जोडिएका पुरातात्विक स्थलहरुको अवलोकन गरेका छन ।
लुम्बिनीको बाटो हुँदै भ्रमण टोलीले बुद्धले २९ बर्षे आफ्नो बाल्यकाल विताएको तिलौराकोट, निकालीकोट, मानव निर्मित जगदीशपुर ताल तथा राजापानीको ऐतिहासिक महत्व र पर्यटकिय सम्भावनाको बारेमा जानकारी लिदै भ्रमण गरेको भ्रमण टोलीमा संलग्न कपिलवस्तुका प्रदेश सांसद विष्णु पंथीले बताए । कपिलवस्तुको भ्रमण गर्ने आफुहरुको पूर्ववत कार्यक्रम भएकोले भ्रमणमा निस्किएको सांसद पंथीले बताए । ‘बन्दको अवज्ञा गरेर किन भ्रमणमा निस्किएको भन्ने प्रश्नमा सांसद पंथीले भने, “बन्दको अवज्ञा गरेका होइनौ पूर्ववत कार्यक्रम अनुसार नै भ्रमणमा निस्किएका हौँ ।”
भ्रमणमा रहेको बेला तिलौराकोटमा सञ्चारकर्मी संग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश भित्र रहेका पर्यटकिय स्थलको संरक्षणले नै प्रदेशको आर्थिक समृद्धिको आधार निर्माण हुने बताए । साथै उनले समग्र आर्थिक विकासमा पर्यटन प्रर्बधनलाई प्राथमिकता दिने बताए । भ्रमण टोलीमा मुख्यमन्त्री पोख्रेल सहित, एमाले प्रमुख सचेतक भुमिश्वर ढकाल, प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ता, प्रदेश सांसदहरु विष्णु पंथी, दीर्घ नारायण पाण्डे, अुर्जन केसी, स्थानीय जनप्रतिनिधि लगायत बामगठबन्धनका नेताहरु थिए ।
८ फाल्गुन २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया