मायादेवी अनलाइन, कपिलवस्तु ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव कपिलवस्तुमा पनि परेको छ । विहानै देखि पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन भने भित्रि बाटाहरुमा छिटफुट मात्र सवारी साधन चलेका छन । सवारी साधन नचल्दा कृष्णनगर नाकाको प्रयोग गरि रोजगारीका लागि भारत जाने यात्रु बीच बाटोमै अलपत्र परेका छन । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, जितपुर चारनम्बर, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, कृष्णनगर सुनसान जस्तै बनेका छन । शिक्षण संस्था पनि ठप्प भएका छन भने उद्योगधन्दा पनि बन्द छन ।
बन्दको पुर्व सन्ध्यामा सोमबार मसाल जुलुसमा सहभागी नेकपाका जिल्ला नेता सन्तोष परियार सहित ६ जनालाई प्रहरीले बोर्डगाउँबाट पक्राउ गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहाई गर्न नेकपा कपिलवस्तुका इन्चार्ज संगम पुनले आग्रह गरे । बन्दमा प्रेस, मानवअधिकार, एम्बुलेन्सका सवारीसाधन चल्ल दिने नेकपाले बताएको छ ।
बन्दकर्ताहरु सडकमा नदेखिए पनि बन्दको हल्लैहल्लाले सर्वसाधारण दोधारमा परेका छन । बन्दले गर्दा राष्ट्रिय योजनाका विकास निर्माणका काम प्रभावित भएका छन भने मजदुरहरु पनि बन्दको प्रत्यक्ष मारमा परेका छन । नेकपाले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो ।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीले शान्ति सुरक्षा खलल पु¥याउने जो कोहीलाई पनि कानुनी कार्रबाही गर्ने बताएका छन ।
उता रुपन्देहीमा पनि बिहान बन्दको प्रभाव देखिएको छ । बुटवलमा साना गाडीहरु चलिरहे पनि ठूला तथा लामो दुरीका सवारी साधनहरु चलेका छैनन् । बजार, पसल, स्कुल कजेलहरु सबै बन्द छन् । उता दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । बजार, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । तर अप्रिय घटना भने केही भएको छैन ।
८ फाल्गुन २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया