४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जनतालाई सुशासनको अनुभुति हुने गरि काम गर्छु -मुख्य मन्त्री पोखरेल



मायादेवी अनलाइन, बुटबल ।
प्रदेश नम्बर पाँचका मुख्य मन्त्री शंकर पोखरेलले जनमैत्री जनप्रिय कार्यक्रम सञ्चालन गरी जनतालाई सुशासनको अनुभुति हुने गरि काम गर्ने बताउनुभएको छ । ६८ औँ प्रजातन्त्र दिवसको अवसरमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै पोखरेलले गणतन्त्रको प्रमुख आधारसिलाका रुपमा निकायगत संरचना निर्माण भैसकेको अवस्थामा समुन्नत राष्ट्र निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो ।
गरिबी, अशिक्षा, पछौटेपन, भोकमरीलाई अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पाँच नम्बर प्रदेशमा सम्भावना बोकेका पर्यटन, कृषि र औद्योगिक क्षेत्रहरुको बिकाश गर्न दिर्घकालीन र अल्पकालीन नीति बनाई कार्यान्वयन गर्ने मुख्य मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो ।
संबिधानको पूर्ण कार्यान्वयन गरि पारदर्शी र जवाफदेही बन्दै जनताको मौलिक अधिकार उपभोगमा प्रदेश सरकाले काम गर्ने बताउनुभयो । मिनी नेपालका रुपमा रहेको यस प्रदेशलाई मुलुककै नमुना प्रदेशका रुपमा विकास गर्ने उहाँले बताउनुभयो । दिवसको अवसरमा बिहान प्रवात फेरी निकालिएको थियो ।
बुटवल उपमहानगरपालिका परिषरबाट निस्किएको र्याली अमरपथ, अस्पताल लाइन हुँदै सडक बिभागको प्रांगणमा आएर गोणसभामा परिणत भएको थियो । र्यालीमा सामाजिक संघ सस्था, कर्मचारी, नागरिक समाज, विद्यार्थी लगायतको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४ मंगलबार ००:००  ३ : ०८ बजे