२९ पुस २०८१, सोमबार | Tue Jan 14 2025

तोकिएको परिणाम जोगाउन रवि निर्माण सेवाको यस्तो हर्कत !



मायादेवी अनलाइन, कपिलवस्तु ।
जिल्ला समन्वय समितिले भगलापुर–सुठौली नाकामा लगाएको नदीजन्य पर्दाथ निकासीको ठेक्का मौज्दात सकिएको भन्दै ठेक्का बन्द गर्न स्थानीय प्रभावितहरुले माग गरेका छन् । नाकाको निकासी परिमाण, क्रशर तथा बालुवा प्रशोधन उद्योगमा मौज्दात परिमाणको आधारमा निर्धारण गरिएको परिमाण मापन गरि जिविसले तत्कल भगलापुर नाकाको ठेकका बन्द गर्न स्थानीय २ सय ५० जनाको सामूहिक हस्ताक्षर गरि प्रशासनमा बुझाएका छन् । भगलापुर–सुठौली नाकाबाट ८१ हजार १ सय ७१ घनमिटर निकासीका लागि १ करोड १७ लाख ५१ हजारमा रवि निर्माण सेवालाई ठेक्का दिएको थियो ।
नक्कली बिल प्रयोग गरि ठेकेदारहरुले नाकामा अत्याधिक दोहन गरेको भन्दै स्थानीयबासीले विगत एक साता देखि नाका ठप्प पारेका छन् । नदीजन्य पर्दाथ ढुवानी गर्न आउने साधन रोकेपछि अहिले नाका पूर्ण रुपमा बन्द छ । ठेकेदारले निकासी अनुमति पाएको ८१ हजार घनमिटर निकासी भन्दा दोब्बर बढि निकासी भइसकेको स्थानीयबासी बताउछन् । स्थानीय भगलापुरका मुकुन्द अधिकारीले नक्कली रसिद देखाउदै भन्नुभयो दिनमा ३० भन्दा बढि ट्रक र ट्रिपर आउछन् , ४ महिना भयो नाका चलेको अहिले माघ २७ सम्म जम्म २५६ वटा गाडीको रसिद काटिएको छ” । जिसस बाट ल्याइएको एउटा ठेलीको थप २ वटा सम्म नक्कली ठेली बनाएर ठेकेदारले परिमाण जोगाउन चोरी गरिरहेका थिए । त्यस संगै राजस्व समेत छलि गरेका ठेकेदारलाई पटक पटक अवैध कार्य नगर्न आग्रह गर्दा समेत उनीहरुले चासो नदेखाएको स्थानीयहरुको आरोप छ । जिससबाट अहिले सम्म १६ हजार सिरीयल नम्बरको ट्याक्टरको ठेली र १ हजार सम्मको ट्रिपरको ठेली नाका ठेकेदारले लगेका छन् । तर सोहि समय सोहि दिन काटिएका २ किसिमका ठेलीले ठेकेदारले नक्कली बिल प्रयोग गरेको पुष्टि हुन्छ । दिनमा ४ सय ट्याक्टरले दैनिक ४ सय घन मिटर नदीजन्य पर्दाथ ढुवानी गर्दा मासिक ४८ हजार घनमिटर नदीजन्य पर्दाथ निकासी गर्दा २ महिनामै परिमाण नाघिसकेको छ त्यसैले निकासीको यकिन गरि नाका बन्द गर्न स्थानीयले माग गर्दै आन्दोलन गरेका हुन् । श्रोतका अनुसार ओम एकता बालुवा प्रशोधन केन्द्र बाणगंगा ५ क.ब. र नाका किनारमा थुपारिएर राखिएका बालुवाहरुको परिमाण मापन गरेमा मात्रै निकासी तोकिएको परिमाण सकिने देखिन्छ ।
ठेकेदारले राजनितिक तथा आर्थिक प्रभाव देखाउदै जिससले तोकेको निर्देशिका समेत उलङ्घन गरेको देखिन्छ ।
स्थानीय बागेश्वरी सामुदायिक बनका पदाधिकारीको मिलेमतोमा बनक्षेत्रबाट अवैध नदीजन्य पर्दाथ निकासी गर्ने, तोकेको क्षेत्र बाहिर बालुवा संकलन गर्ने, बाणगंगा बाध किनारमा अवैध उत्खनन् गर्ने, नक्कली बिल बनाई भ्याट छलि गर्ने र ठूला खाडल बनाएका छन् । पटक पटक ठेक्का लगाउने जिल्ला समन्वय समितीलाई यसबारे जानकारी गराउदा समेत कुनै चसो नभएको स्थानीयबासीको आरोप छ । जिसस अध्यक्ष नारायण प्रसाद खनालले नाकामा भएका अवैध क्रियाकलाप बारे अनुगमन गर्ने बताउनुभएको छ । ठेक्का सम्झौता भन्दा बाहिर गएर ठेकेदारले गरेका अवैध कार्य बारे अनुगमन गरि आवश्यक कारवाही गरिने उहाले जानकारी दिनुभयो । “प्रशासन, प्रहरी तथा हामी संयुक्त अनुगमन गरि आवश्यक कारावही अघि बढाउछौ” उहाले भन्नुभयो । तोकिएको परिमाण सकिएको अवस्था देखिए ठेक्का बन्द गरिने उहाले बताउनुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४ मंगलबार ००:००  २ : ४२ बजे