रामु पौडेल, कपिलवस्तु ।
बाणगंगा खोला अन्र्तगत भग्लापुर सुठौली नाकामा माघ २८ गते देखी स्थानीयवासीले नाका ठप्प पारेका छन् । गत आइतबार स्थानीय सविता कुमाललाई ट्रेक्टरले ठक्कर दिएर घाइते बनाएपछि स्थानीयबासीले ठेक्का अवरुद्ध पारेका हुन ।
आक्रोसित स्थानीयले अहिले नाका अवरुद्ध पार्न गस्ति गरिरहेका छन । वाणगंगा न.पा वडा नम्बर ६ का भग्लापुर, सुठौली, बैदौली, बनकसीया गरि करिब आदा दर्जन गाउँले गस्ति गरेको सन बहादुर गुरुङले बताउनुभयो ।
नाका रोक्ने उद्देश्यका साथ गरिएको गस्तिका प्रत्येक गाउँबाट १०÷१० जना गरि ५० ले गस्ति गरेको गुरुङले बताउनुभयो ।
रवि निर्माण सेवाले मापदण्ड विपरित नदिजन्य पदार्थ उठाएको, वाणगंगा सिचाँई आयोजना ध्वस्त हुनेगरी उत्खनन् गरेको, सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर जलाशय प्रभावति हुनेगरि नदिजन्य पदार्थ उत्खनन् गरेको स्थानीयको आरोप छ । साथै गत आइतबार स्थानीय युवतीलाई नदीजन्य पदार्थ ल्याएकै टे«क्टरले ठक्कर दिएर घाइते बनाएको प्रति पनि स्थानीय रुष्ट छन ।
निर्माण सेवाले कानुनको ध्वजी उडाउँदा समेत सरोकारवालाले कुनै कदम नचालेको कारण नाका रोक्न बाध्य भएको सुठौलीका द्रोण आचार्यले बताउनुभयो ।
नाका तत्काल रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय पिपरामा ज्ञापनपत्र बुझाएको आचार्यले बताउनुभयो । आफुहरुपनि यस राज्यका नगरिक भएको र सार्वजनिक सम्पतिको रक्षा गर्नु आफुहरुको कर्तव्य भएकाले सोही अनुरुप काम गरेको बैदौलीका प्रकाश भुसालको तर्क थियो ।
२ फाल्गुन २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया