४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुमा सांसदको संख्या बढ्यो



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा प्रतिनिधी सभाको समानुपातिकमा राजपाले कपिलवस्तुकी महिला नेतृ अमृता अग्रहरीलाई सांसद बनाएपछि सांसदको संख्या बृद्धि भएकोछ । राष्ट्रिय जनता पार्टी राजपाले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ । उसले खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाएको हो ।
यसअघि राजपाले रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम पठाएको थियो ।
आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रम लगायत आधारमा उम्मेदवार छनोट नभएकाले आज साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७४ बुधबार ००:००  ३ : ४७ बजे