मायादेवी अनलाइन, कपिलवस्तु ।
दुबै मृगौला फेल हुँदा आर्थिक अभावको कारण शिवराज नगरपालिका १ उमरी चोककी हरिकला अधिकारी विस्तारामै छट्टपाउन बाध्य हुनुभएको छ । कमजोर आर्थिक अभावको कारण रोग पालेर बस्न बाध्य हुनुभएकी अधिकारीका आफन्तले सबै संग सहयोगको माग गरेका छन । ४२ बर्षिय अधिकारी तीन महिना देखि विस्तारामा छट्पटाई रहनुभएको छ । बुटवल स्थीत बुद्ध हस्पिटलमा सामान्य उपचार गराए पछि थप उपचारको लागि अन्यन्त्र जान आर्थिक अभाव भएको छ ।
घरधन्दा सञ्चालनमा समस्या आएपछि रोजगारीको लागि अधिकारी झण्डै साढे ३ वर्ष साउदी जानुभएको थियो । साउदी हुँदै मृगौलाको समस्याले ग्रसित हुनुभएका उहाको रोग अहिले जटिल बन्दै गएको छ । काम गर्दा गर्दै मृगौलाको समस्या आउपछि साउदी अरवबाट अधिकारी नेपाल फर्कनुभएको थियो । अधिकारी हाल आफ्नो माइती घर बस्दै आउनुभएको छ । मृत्यु संग पैठेजोरी खेल्दै बाच्न विवश हुनुभएकी अधिकारीलाई आर्थिक सहयोग गरि जीवन बचाउन आफन्तजनले आग्रह गरेका छन ।
प्रतिक्रिया