४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तीन माओवादीका तीन थरी जनयुद्ध दिवस



मायादेवी अनलाइन, कपिलवस्तु ।
२३ औ जनयुद्ध दिवसका अवसरमा कपिलवस्तुका ३ माओवादीका ३ थरी दिवस सम्पन्न भएका छन् । माओवादी केन्द्रले जीतपुरमा शुभकामना आदान प्रदान र चियापान राखेकोछ । क्रान्तिकारी माओवादीले सदरमुकाममा कोणसभा गरेकोछ । विप्लव समुहको जिल्लाका दर्जनौ बस्तीमा मंगलवार साझ दिपावली र सो पूर्व जनयुद्ध दिवस स्मरण सभा सम्पन्न गरेकोछ ।
२२ बर्ष अघि फागुन १का दिन तत्कालिन नेकपा माओबादीले रोल्पा, सिन्धुली, र गोरखाका प्रहरी चौकीमाथी आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो ।
यता चारनम्बर जितपुरमा २३ औं जनयुद्ध दिवसको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । विगतको युद्धको चुनौतीपूर्ण क्षण स्मरणगर्दै प्रतिनिधि सभा १ का सांसद चक्रपाणी खनाल बलदेब भाबुक शैलीमा प्रस्तुत हुनुभयो ।
उहाले हजारौको वलिदानीले ल्याएको परिवर्तन सस्थागत गर्न बामएकता हुन लागेको जिकिर गर्नुभयो ।उहाले जनयुद्धको ईतिहास र यसको उपलब्धीको बारेमा प्रस्ट पार्नुभएको थियो । त्यस्तैगरी बरिष्ट बामपन्थी नेता मेघराज ज्ञवालीले बोल्दै जनयुद्धको ईतिहास प्रस्टाउनु भएको थियो । नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष बिष्णु बेल्बासेको अध्यक्षता ,कमल आचार्यको स्वातगमा भएको कार्यक्रमको सञ्चालन नेत्र पाण्डे गर्नु भएको बुद्धिजिवी संगठनका केन्द्रिय सचिव द्रोणराज सुवेदी जानकारी दिनुभएको छ ।
कार्यक्रममा नगरभरिका कार्यकर्ताको सहभागिता रहेको थियो ।अर्काेतर्फ ने.क.पा.क्रान्तिकारी माओबादीका जिल्ला इन्चार्ज समिर केसीले तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालयको अगाडी पट्टी कोणसभा बोल्दै जनयुद्धलाई प्रचण्ड र बाबुराम भटराइले गद्धारी गरेको दावि गर्नु भयो ।
कार्यक्रममा माओबादी केन्द्रका केन्द्रीय सदस्य पिताम्बार आचार्य, जिल्ला कमीटीका पदाधीकारी, पार्टीका कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो । त्यस्तै नेकपाले जिल्लाका १ दर्जन वढी ठाउमा जनयुद्ध दिवसका अवसरमा कोणसभा गरेको जिल्ला नेता संगम पुनले जानकारी दिनु भयो । शिवगढी, शिवपुर, चन्द्रौटा, पकडी, सिउटी, तौलिहवा लगायतका १ दर्जन ठाउमा विभिन्न नेताहरुको जिम्मेवारी तोकेरै दिवस मनाइएको जानकारी दिनु भयो ।
साथै मंगलवार साझ ती सबै स्थानमा स्थानीयहरुलाई समेत अनुरोध गर्दै दिपावली गरेर दिवस मनाइएको पुनले जानकारी दिनु भयो । जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणा सहित माओवादीले थालेको जनयुद्धका क्रममा करीब १६ हजार नेपालीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७४ बुधबार ००:००  ३ : ४३ बजे