१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगामा १५ प्रतिशत योजना सम्पन्न, ४० प्रतिशत निर्माणाधिन



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिकामा चालु आर्थिक वर्षका १५ प्रतिशत योजना सम्पन्न भएका छन् । ४० प्रतिशत योजना निर्माणाधिन चरणमा छन् भने ११ वटै वडामा विकासले क्रमश गति लिदै गएको छ । बाणगंगामा प्रथम नगरसभाबाट ४ सय ४४ र कार्यपालिकाको बैठकबाट १ सय ६ वटा योजना पारित भएका थिए । जसमा ४४ वटा योजना सम्पन्न भई रकम भुक्तानी समेत गरी सकिएको नगरपालिकाका ईन्जिनियर सुरज घिमिरेको भनाई छ । त्यसबाहेक २० देखी २५ वटा योजनाका काम सम्पन्न भई रकम भुक्तानीको प्रक्रियामा रहेको ईन्जिनियर घिमिरेले बताउनुभयो ।
त्यसैगरी १ सय ७५ को हाराहारीमा निर्माणाधिन योजनाहरु रहेका छन । बाकी रहेका योजनाहरु पनि सुरु हुने प्रक्रियामा रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी राम मरासीनीको भनाई छ ।
यती बेला बाणगंगा नगरपालिकाका अधिकांस वडामा बिकाश निर्माणका कामहरु चलिरहेका छन । कतै डोजरद्धारा बाटो फराकिलो पार्दै सम्याई रहेको देखिन्छ त कतै धमाधम नाली निर्माण भईरहेको देखिन्छ । त्यसैगरी कल्भर्ट,कुलो ,नहर निर्माण लगायतका कामले पनी तिब्रता लिईरहेका छन ।

बाटो बिस्तार संगै कालोपत्रे गर्न बिनियोजन गरेको रकम भने मौसम अनुकुल नहुदा केही हप्ता कुर्नुपर्ने भएको जन प्रतिनिधीहरु वताउछन् । जाडो मौसममा पिच गर्दा बाटो मजबुत नहुने भएकाले फागुन महिनाको पर्खाइमा रहेको वडा नं. ७ का वडा अध्यक्ष बिष्णु गिरीको भनाई छ । पिच गर्नका लागी आबश्यक पुर्ब तयारी पुरा भईसकेको समेत उहाले वताउनु भयो ।

वडा नं. ७ मात्र हैन अन्य १० वटै वडामा समेत बिकाश निर्माणका काम चलिरहेका छन । सामान्य एउटा कल्भर्ट, ढलनल तथा सानो विकासको कामका लागी सांसद वा मन्त्री कै पछि लाग्नु पर्ने पहिलेको बाध्यता भने अहिले हटेको छ । नगरलाई कति समयमा कहाँ पुराउने भन्ने जिम्मा स्थानिय तहको चुनाब बाट चुनिएका प्रतिनिधीको काधँमा आएपछि विकासमा चासो र रफ्तार बढेको हो ।
योजना सम्पन्न गरे पश्चात योजनाको मुल्याङ्कन गरी पाऊ भनी नगरपालिकामा उपभोक्ता समिती वा ठेकेदारले निबेदन पेश गरेपछि नगरपालिकाको अनुगमन टोली र प्राबिधिक टोलीले स्थलगत हेरेर मुल्याङकन गर्ने गरिएकोछ । त्यसपछि वडा अध्यक्षको पत्रको आधारमा भुक्तानी दिईने प्रक्रिया लागु गरिएको छ ।

सर्बसाधारणको हित सोेचेर नै योजना पारिन्छ । अर्थात बिकास निर्माण सम्पन्न भए पश्चात त्यस क्षेत्रकै बिकासमा सर्बव्यापी टेवा पुग्ने उद्धेश्यका साथ योजना सञ्चालन गरिन्छ । नगर सभा र कार्यपालिकाबाट पारित भएका अधिकांस योजनाहरुमा बिबाद नपरेता पनी केही योजनाहरुमा भने बिबादका कारण बिकास निर्माणले गती लिन सकेका छैनन ।
बाटो बिस्तार कार्यमा अधिकाशं बिबाद पर्ने गरेको अधिकृत मरासिनीले बताउनुभयो । बाटो बिस्तार गर्दा सर्बसाधारणको घर, जग्गा पर्ने भएकाले समस्या पर्ने गरेको हो । यस्ता समस्याहरुलाई सम्बन्धित वडा अध्यक्षको मातहतमा समाधान गर्ने गरिएको अधिकृत मरासिनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ फाल्गुन २०७४ बुधबार ००:००  ३ : ३९ बजे