४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

माओबादीले जनयुद्ध दिवस मनाए



भुपाल थापा, कपिलबस्तु ।
माओवादीका विभिन्न घटकले आज जनयुद्ध दिवस मनाउँदैछन् । सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–क्रान्तीकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेग्लाबेग्लै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइरहेका हुन् । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।
यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक फुटेको छ भने झण्डै एक दर्जन दलसँग एकीकरण पनि गरेको छ । २३औं जनयुद्धको अवसरमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले कपिलबस्तुका १० वटै स्थानीय तहमा बिबिध कार्यक्रम गरेको छ ।
जिल्लाको बाणगंगा नगरपालिकामा नगरसमिती अध्यक्ष बिष्णु बेल्बासेको अध्यक्षता, सांसद चक्रपाणी खनाल बलदेवको प्रमुख आतिथ्यतामा २३ औं जनयुद्ध दिवस मनाइएको बाणगंगा नगरसमितीले जनाएको छ ।
उता बुद्धभुमि नगरपालिकाको बुड्ढीमा बुद्धभुमि नगरसमितीका अध्यक्ष गोपाल थारुको अध्यक्षता, महाधिवेशन समिती सदस्य नारायण भुसालको प्रमुख आतिथ्यतामा जनयुद्ध दिवस मनाइएको छ । बिष्णु भुसाल, इन्द्रमणि पौडेल लगायतको उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन नरहरी भट्टराइले गर्नुभएको थियो ।
यस्तै मोहन वैद्य नेतृत्वको नेकपा–क्रान्तीकारी माओवादीले पनि जिल्लाको तौलिहवामा कोणसभाको आयोजना गरि २३ औं जनयुद्ध दिवस मनाएको छ । क्रान्तीकारी माओवादीका जिल्ला संयोजक निरज केसीको प्रमुख आतिथ्यतामा भएको कोणसभामा केन्द्रीय सदस्य पितम्बार आचार्य लगायतको उपस्थिीतिमा उक्त दिवस मनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७४ मंगलबार ००:००  ३ : ०१ बजे