मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रत्येक बर्षको महाशिवरात्रीको अवसर पारि लाग्ने हथौसा मेला मङ्गलबार देखि शुरु भएको छ । शिवरात्रीको अवसरमा परापूर्व कालदेखि हथौसा मेला लाग्दै आएको छ । यहाँ लाग्ने हथौसा महाशिवरात्री मेला लुम्बिनी अञ्चलमै चर्चित छ ।
मेला उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य चक्रपाणी खनालले प्राचिन हथौसा मेला कृषिको प्रर्बधनमा ऐतिहासिक महत्व राख्ने भए पनि राज्यले संरक्षण नगर्दा फुटकर ब्यापार गर्ने मेला बन्न पुगेको प्रति चिन्ता व्यक्त गरे । नेपालकै फरक कृषि मेला बनाउन कृषि र पर्यटनको प्रवर्धनका लागि आगामी दिनमा ठोस योजना लागु गर्ने सांसद खनालले स्पष्ट पारे ।
कार्यक्रममा संघिय समाजवादी फोरमका केन्द्रिय नेता एव्म प्रदेश सांसद सहसराम यादवले कपिलवस्तुलाई बिकासको मार्गमा अघि बढाउन कृषिको आधुनिकिकरण र उचित बजारीकरण हुनुपर्ने बताए । महाशिवरात्री हथौसा मेला मुल आयोजक समितिका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता र आयोजक समितिका सुर्य चुदांलिको सचांलनमा भएको उद्घाटन समारोहमा प्रदेश सांसद सुष्मा यादव, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य कमल चुदाली, एमालेका जिल्ला नेता डम्मर शर्मा, कांग्रेसका जिल्ला नेता रामशंखर चौधरी लगायतले मेलाको ऐतिहासिक महत्व र आगामी दिनमा मेलाको प्रर्वधनका बिषयमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा आयोजक संस्थाका सदस्य सचिव तुल्सीराम यादवले स्वागत मन्व्य राखेका थिए । हेमराज उच्च माविको खेल मैदानमा आयोजित मेलाको समुद्घाटन पूर्व सो माविबाट सयौको संख्यमा कलश यात्रा र र्यालि निकालिएको थियो ।
फागुन १ देखि ७ गते सम्म संचालन हुने मेलामा नेपाल तथा भारतका कृषि संग सम्वन्धित औजार उपकरण बिउबिजन प्रविधि आदिको खरीद बिक्री हुने प्रचार प्रसार संयोजक सूर्य चुँदालीले बताए । त्यस्तै मेलामा बाणंगगा नगरपालिकाको कृषि शाखाले किसानलाई आधुनिक कृषिकोबारेमा जानकरी दिन कृषि स्टल समेत राखेको संयोजक चुँदालीले जनाए ।
१ फाल्गुन २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया