दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस वाणगंगा बुङ्चीमा संचालित महायज्ञको मङ्गलबार पाचौं दिन पनि हजारौ भक्तजनले कथाश्रवण गरेका छन भने १६ लाख भन्दा बढी दान संकलन भएको छ । त्यस्तै विभिन्न व्यक्तिले लाखबत्ती, वर्तबन्ध, तुलादान गरेको बताइएको छ ।
महायज्ञको पाचौं दिन सम्म ५८ लाख दान संकलन भएको प्रचार प्रसार संयोजक युवराज पोख्रेलले जानकारी दिए । महायज्ञमा लोकनाथ ज्ञवालीले ५१ हजार १ सय १५, टिका कुमारी अधिकारी ५० हजार १ सय ११, सीता थापा १ लाख ११ हजार १ सय ११, रवि बहादुर काफ्ले १ लाख १ हजार ५३, लिलावती थापा १० हजार ५५, छविलाल खनाल, बालकुमारी खनाल ११ हजार १ सय ११, हर्क बहादुर क्षेत्री १० हजार १०, कविराज भुसाल ५१ हजार १ सय ५५, नानुमाया बराल १० हजार १ सय १५, खैरनीचौर सामुदायिक १५ हजार १ सय ५, लक्ष्मणघाट सामुदायिक बन २१ हजार, रुद्र बहादुर काउचा १० हजार ५ सय ५५, क्याम्पस परिक्षा शाखा प्रमुख युवराज पोख्रेल १ लाख ११ हजार १ सय ११, झण्डा बहादुर मल्ल ११ हजार १ सय ११, कल्याणकारी आमा समुह १० हजार ५, राजेन्द्र बहादुर बोहरा ५५ हजार ५ सय ५५, चानप समुह १० हजार १ सय, इनकला घिमिरे १० हजार १ सय ५, दिपक अधिकारी ५५ हजार ५ सय ५५, कविता अधिकारी ५१ हजार १ सय ११ दान दिएका छन ।
यस्तै गुनाखर घिमिरे ५१ हजार १ सय ११, अनिमा जिसी ५१ हजार १ सय १, प्रभात विक्रम क्षेत्री ५१ हजार १ सय १, कपिलवस्तु उद्योग वाणीज्य संघ ५० हजार १ सय ५१, सालिकराम भुसाल ११ हजार १ सय ११, रामप्रसाद अर्याल ११ हजार १ सय, नन्दराम पोख्रेल १ लाख १ हजार १ सय ११, कुल प्रसाद पोख्रेल १ लाख ३० हजार १ सय ११, सालिकराम पौडेल ५१ हजार १, बालप्रासद पौडेल १० हजार १ सय, तुलसीराम घिमिरे ११ हजार १ सय ११, विष्णु प्रसाद सापकोटा ६१ हजार १ सय ११, क्याम्पस प्रध्यापक दिल बहादुर श्रेष्ठ ५० हजार १, लक्ष्मी श्रेष्ठ ५० हजार १, पिङनारायण श्रेष्ठ ११ हजार १ सय ९, दिलमाया मल्ल ६५ हजार लगायतले दान दिनुभएको प्रचारप्रसार संयोजक पोख्रेलले बताए ।
मङ्गलबार महायज्ञमा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरिक्षक भोजजंग शाह, बुद्धभुमि नगरपालिकाका प्रशासकिय अधिकृत मेघराज पाध्या, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख लगायतको उपस्थिती रहेको थियो । कथाश्रवणका लागि हजारौ भक्तजनको उपस्थिती रहेको आयोजकले जनाएको छ । यस्तै हरेक विहान साढे १० बजे देखी कथा प्रवचन, तुलादान, वर्तबन्ध लगायतका कार्यक्रम रहने छन् । यसैगरी साझ संगीतमय भजनकृतनको पनि ब्यवस्था गरिएको छ ।
१ फाल्गुन २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया