१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

१ सय २७ उम्मेदवारले कानुनको धज्जी उडाए



मायादेवी अनलाइन, कपिलवस्तु ।
चुनाव सकिएको दुई महिना भन्दा बढी समय वितिसक्दा समेत उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन । जिल्लामा प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन लडेका उम्मेदवार मध्ये १ सय २७ उम्मेदबारले तोकिएको समयमा निर्वाचन खर्च बिवरण नबुझाएका हुन । निर्वाचन लडेका उम्मेदवार मध्ये ५३ उम्मेदवारले मात्र तोकिएको समयमा निर्वाचन खर्च बिवरण बुझाएको भेटिएको छ ।
गत मंसिर २२ गते सम्पन्न निर्वाचनको प्रतिनिधीसभा तर्फ उम्मेदवार बनेका ५४ जना प्रदेशसभा १ सय २७ जना गरि कुल १ सय ८१ जना मध्ये ५३ जनाले मात्र खर्च बिवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको अन्तिम मत परिणाम मंसिर २८ गते सार्वजनिक भएको मितिले ३० दिन भित्र निर्वाचन खर्च बिवरण पेश गर्नु पर्ने भए पनि १ सय २७ उम्मेदवारले हाल सम्म निर्वाचन खर्च बुझाएका छैनन । प्रतिनिधीसभा १ का १७ उम्मेदवार मध्ये ६ जना, प्रतिनिधीसभा २ का १५ उम्मेदबार मध्ये ६ जना, प्रतिनिधीसभा ३ का २२ उम्मेदबार मध्ये ३ जनाले मात्र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बिवरण बुझाएको खुल्न आएको छ ।
प्रदेशसभा १ को (१) र (२) का ४३ उम्मेदवार मध्ये १२ जना, प्रदेशसभा २ को (१) र (२) का ३७ उम्मेदवार मध्ये ११ जना र प्रदेशसभा ३ को (१) र (२) का ४७ उम्मेदबार मध्ये १५ जनाले मात्रै खर्च बिवरण बुझाएका छन । प्रतिनिधीसभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को परिच्छेद १३ को बिबिध अन्र्तगतको दफा १८० को उपदफा ३ (२) अनुसार निर्वाचनमा उम्मेदवारका तर्फबाट भएको निर्वाचनको खर्चको बिवरण राख्दा आयोगले निर्धारण गरे बमोजिमको बिभिन्न शिर्षकमा गरेको खर्च बिवरण शिर्षक अनुसार अनुसुची ९२ बमोजिम तयार गरि निर्वाचन परिणाम घोषणा भएको मितिले तिस दिन भित्र आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने व्यवस्था छ ।
सोही दफाको उपदफा ४ मा निर्वाचन प्रचारप्रसार बिवरण नबुझाउने उम्मेदवारलाई आयोगले निर्वाचन आयोग सम्बन्धि प्रचलिन संघिय कानुन बमोजिम जरिवाना गर्न सक्ने व्यवस्था समेत रहेको छ । जिल्ला निर्वाचन कार्यालयमा तोकिएको अबधीमा प्राप्त भएका उम्मेदबारको निर्वाचन खर्च बिवरणको सुची आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरी घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७४ मंगलबार ००:००  २ : ३६ बजे