माधव बेल्वासे, चन्द्रौटा ।
करोडौंको कारोबार गर्दै चौथो चन्द्रौटा महोत्सव आइतबार सकिएको छ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मूल नारा सहित चन्द्रौटामा महोत्सव शुरु भएको थियो ।
चन्द्रँैटा उद्योग वाणिज्य संघले माघ १७ देखि माघ २८ गतेसम्म आयोजना गरेको चौथो चन्द्रँैटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवमा ९ करोड भन्दा माथिको आर्थिक कारोवार र करिब एक लाख ३० हजार दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता दमन भाटले वताउनुभयो ।
अपेक्षा गरेको भन्दा बढी दर्शक आएको मेला मूल संयोजक जमसेर अलिले वताउनुभयो । महोत्सवले उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको उहाले बताउनुभयो ।
महोत्सवस्थल भित्र राखिएका स्थानीय उत्पादन, आयातित वस्तु विक्रि भएकोले व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ । कपिलवस्तुको पश्चिमी क्षेत्र एक औधोगिक करोडोर रहेकोले यस क्षेत्रमा उद्योग आर्कषणको रुपमा रहेको प्रदेश सदस्य अर्जुन केसीले वताउनुभयो ।
अव वन्ने सरकारले उद्योग तथा कृषिलाई विशेष प्रथमिकता दिएर विकाश गर्ने केसीले जनाउनुभयो । चन्द्रौटा कृष्णनगर क्षेत्रमा धेरै उद्योगहरु संचालनमा रहेकोले यस क्षेत्रमा विकाशको लागी सहज हुने केसीले दावी गर्नुभयो ।
त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले मेला एक एतिहासिक भएको वताउनुभयो । कपिलवस्तु जिल्लाका पर्यटिकय स्थल कृषी उपज व्यापार व्यवसायलाई प्रवद्धन मेलाले गरेको दावी गर्नुभएको छ ।
प्रतिक्रिया