११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अखिल क्रान्तिकारीद्धारा बृहत रक्तदान कार्यक्रम



मायादेवी अनलाइन, कपिलवस्तु ।
अखिल क्रान्तिकारी बाणगंगा बहुमुखी क्याम्पस ईकाइ समिती कपिलबस्तुले आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन । शनिबार क्याम्पस परिसरमै सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।
अखिल क्रान्तिकारी बाणगंगा बहुमुखी क्याम्पस ईकाइ समिती बाणगंगा ८ लौगाई कपिलबस्तु र रेडक्रस सोसाईटी रुपन्देही शाखाको सहकार्यमा रक्तदान सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सासंद बिष्णु पन्थीले रक्तदान जिबनदान भएकाले युवाहरुको पबित्र कार्यको सफलताको कामना गर्नुभयो । युवाहरु नै देसको मेरुदण्ड भएकाले सामाजिक कार्यमा युवाहरुको सक्रिय सहभागिता हुनु पर्नेमा सांसद पन्थीले जोड दिनुभयो ।
समाजसेबा गर्ने हेतुका साथै रक्त अभाबको कारण कसैको पनी अकालमै मृत्यु नहोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अखिल क्रान्तिकारी बाणगंगा बहुमुखी क्याम्पस ईकाइ समितीका अध्यक्ष मदन पौडेलले बताउनुभयो ।
रक्तदान कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय सचिब तथा ५ नं. प्रदेशका संयोजक नारायण खनाल, केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज टुकलाल गैरे, सामाजिक क्लब चेतनशिल प्रतिष्ठानका अध्यक्ष असिम भट्टराई लगायतले शहभागिता जनाउनुका साथै रक्तदान समेत गरेका थिए । ईकाइ कमिटिले आयोजना गरेका रक्तदान कार्यक्रम मध्ये ५ नं. प्रदेश भरिमै ठुलो संख्यामा रगत संकलन भएको आयोजकको भनाई छ ।

प्रकाशित मिति : २८ माघ २०७४ आइतबार ००:००  २ : २८ बजे