रामु पौडेल, कपिलवस्तु ।
बाणगंगा नगरपालिका ६ सुठौलीमा आइतवार विहान १० बजे दुर्घटनामा परि एक बालिका सक्त घाईते भईकी छिन । महेन्द्र मा.वि कोपवा कक्षा १० मा अध्ययनरत बाणगंगा नगरपालिका ६ सुठौली निवासी सविता कुमाललाई खोलाबाट मिस्कट लिएर आउँदै गरेको लु २ त ६३७९ नम्वरको ट्याक्टरले ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएकी कुमाललाई उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएको इलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
झण्डै एक महिना पहिला तीव्र गतिकै कारण कारण भग्लापुरमा ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने आधा दर्जन घाइते भएका थिए ।
आइतबार भएको दुर्घटना पछि आक्रोसित स्थानीयबासीले सुठौली नाकामा नदिजन्य पदार्थ उठाउन अबरोध गरेका छन । स्थानीयबासीले रवि निर्माण सेवाले रोयल्टी काट्ने स्थान तोडफोड गरि आगजनी गरेका छन । घाइते कुमालको उपचारको माग सहित नदीजन्य निकासीलाई पूर्ण रुपमा रोक लगाउने स्थानीयको चेतावनी छ ।
उक्त क्षेत्रको स्थिती तनावग्रस्त भएपछि शसस्त्र प्रहरीका एसपि भगवान मल्ल, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्की सहितको टोली नाकामा पुगेको थियो ।
रवि निर्माण सेवा प्रति स्थानीय आक्रोसित
जिल्ला समन्वय समितिले गत मंसिर महिना देखि सुठौली नाकाको ठेक्का रवि निर्माण सेवालाई दिएको छ । जिससले दिएको मापदण्ड विपरित रवि निर्माण सेवाले काम गरेको स्थानीयले बताउँदै आएका छन । स्थानीय सञ्चार माध्यममा रवि निर्माण सेवाले मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गरेको समाचार प्रकाशन÷प्रशारण भएपछि जिल्ला स्तरिय टोली अनुगमनमा आएको थियो । वाणगंगा सिंचाई प्रणलीको बाँधको कार्य क्षेत्र भित्रै रवि निर्माण सेवाले नदीजन्य पदार्थ उत्खनन गरेको थियो । चौतर्फि विरोध भएपछि उक्त काम रोकिएको छ ।
नदीजन्य पदार्थ लिन जाने अधिकांश ट्याक्टर रहेका छन । कच्चीबाटो भएपनि ट्याक्टरले तीव्र गतिमा गाडी कुदाउने गरेका छन । कतिपय ट्याक्टर चालक लाइसेन्स विहिन छन । आइतबारको घटना पछि स्थानीयले ट्याक्टर सञ्चालनमा रोक लगाउने बताएका छन ।
२८ माघ २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया