२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

वाणगंगा सिंचाई प्रणालीमा रवि निर्माण सेवाको दादागिरी !



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा सिंचाई प्रणालीको मुख्यबाँध भन्दा एक किलोमिटर भित्रैवाट नदीजन्य पदार्थ उत्खनन गरेर भगलापुर–सुठौली नाकामा रवि निर्माण सेवाले नियम कानुनको सिधै धज्जी उडाएकोछ ।
१ करोड १७ लाख ५१ हजारमा जेठ मसान्त सम्मकालागि नदीजन्य पदार्थको ठेक्का लिएको सो कम्पनीले मापदण्ड विपरित उत्खनन गरेको तथ्य फेला परेको हो । जिससले ठेक्कामा न्यूनतम मापदण्ड बनाए पनि त्यसको सिधै खिल्ली उठाउँदै नदीजन्य पदार्थको उत्खनन भैरहको छ । स्थानीयबासीले पटक पटक मापदण्ड विपरित उत्खनन भैरहेको गुनासो गरिरहे पनि सम्वन्धित निकायले त्यसलाई रोक्ने प्रयास गरेका छैनन् ।
रवि निर्माण सेवाले लक्ष्मणघाटमा रहेको वाणगंगा सिंचाई प्रणालीको भौतिक संरचना ध्वस्त हुनेगरी उत्खनन गरेको पाइएको छ । सिंचाई बाँधको नियमक निकाय वाणगंगा सिचाई विकास कार्यालयले पटक पटक रवि निर्माणलाई बाँधको क्षेत्राधिकार भित्र पर्ने स्थानमा उत्खनन नगर्न भनेपनि अटेरी गरेको कार्यालयका कर्मचारीले गुनासो गरेका छन । सिधै दादागिरी शैलीमा राज्यको नियम अटेरी गर्दै आएको रवि निर्माण सेवाको उक्त काम प्रतिनियमक निकाय मुकदर्शक बनेको स्थानीयले आरोप लगाएका छन ।

जिससले ठेक्का दिदा बनाएको नियम ठेकदारले उल्लंघन गरे ठेक्का रद्ध गर्ने नियम रहेपनि टुलुटुलु हेरेर बस्ने जिसस पनि ठेकेदारसंग मिलेमतोगरी अबैध कार्यमा सरिक भएको स्थानीयको आरोपछ । स्थानीय बासी श्रीराम थारुले जिसस र प्रशासनिक निकायलाई पनि ठेकेदारले किनेको तर्क गर्नु हुन्छ । रवि निर्माणले सिधै दादागिरी शैलीमा नदीजन्य पदार्थको उत्खनन गरि रहेकोछ हाम्रो भनाई कसैले सुनेनन थारुले भन्नुभयो । कपिलवस्तुको वाणगंगा नदी अन्तरगत थारु जस्तै सोही ठाउँका रामविर अधिकारीले रवि निर्माणले वाणगंगा सिंचाई बाधको कार्यक्षेत्र भित्र उत्खनन् नगर्न भनेपनि अटेरी गरेको गुनासो गर्नुभयो ।

वाणगंगा सिंचाई प्रणालीका प्रमुख तारा भट्टले स्थलगत अनुगमनमा गएका आफ्नो कार्यलयका कर्मचारीले ठेकेदारले सिधै मापदण्ड विपरीत उत्खनन गरेको जानकारी दिएकाले जिससलाई उक्त कार्य रोक्का गर्न लिखित पत्राचार गरिएको तर सुनुवाई नभएको वताउनु भयो । जिससका स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले गुनासो आएको स्वीकार्दै स्थलगत अनुगमनमा जान वाकी रहेको वताउनु भयो । तपाई संरचना ध्वस्त भएपछि जाने होकी पहिल्यै भन्ने प्रश्नमा कतिपय अर्थमा ठेकेदारले आफ्नो निर्देशनपनि उलंघन गर्ने गरेको उहाले तर्क गर्नुभयो । राज्य भन्दा ठेकेदार बलिया छन् के गर्ने उहाले गुनासो गर्नु भयो ।

प्रकाशित मिति : २० माघ २०७४ शनिबार ००:००  २ : २७ बजे